काठमाडौं—बागमती प्रदेश सरकारले पाँच वटा प्रदेश अस्पताल स्थापना गर्ने सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले मकवानपुरसहितका जिललामा पाँच वटा प्रदेश अस्पताल स्थापनाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले जानकारी दिए ।
‘पाँच वटा अस्पताललाई स्तरोन्तती गरेर प्रदेश अस्पताल बनाउन सैद्धान्तिक सहमति दिने निर्णय भएको छ,’ श्रेष्ठले भने ।
यस्तै, क्याबिनेट बैठकले प्रदेश स्वास्थ्य नीति, ०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
बैठकले आयुर्वेदिक औषधी उत्पादन संहिता र आयुर्वेद औषधीको लेभल डिजाइन स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।