२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकेडेमिक काउन्सिलबाट बकाइदा निर्णय भएर प्राध्यापक पद पाएको हुँ : डा. लोचन कार्की

एकेडेमिक काउन्सिलबाट बकाइदा निर्णय भएर प्राध्यापक पद पाएको हुँ : डा. लोचन कार्की


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का शिक्षा डा. लोचन कार्कीको प्राध्यापक पदबारे हेल्थआवाजमा समाचार प्रकाशित भएपछि उनले त्यसबारेमा प्रष्टीकरण दिएका छन् । ‘न्याम्सका शिक्षाध्यक्ष डा. लोचन कार्की प्राध्यापक कि सह—प्राध्यापक ?’ भन्ने समाचारमा उनले दिएको प्रष्टीकरण हेल्थआवाजले जस्ताको तस्तै प्रकाशित गरेको छ ।

म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को स्थायी चिकित्सक हुँ । मैले सह–प्रध्यापक भएर काम गरेको ६–७ वर्ष भइसक्यो । प्रध्यापक हुन सबै किसिमले इलिजिवल हुँ । न्याम्सको नियमअनुसार चाहिने आर्टिकल पनि छन् । झण्डै चार दर्जन आर्टिकल प्रकाशित छन् । मेरो सबै क्राइटेरिया पुग्ने भएको हुँदा नै एकेडेमिक काउन्सिलले प्राध्यापक दिएको हो ।

म रेक्टरसँगसँगै न्याम्सको फ्याकल्टी पनि हो । मेडिसिन डिपार्टमेन्टमा अहिले दुई जना मात्र प्राध्यापक (मबाहेक) हुनुहुन्छ । त्यसमा पनि एक जनाको रिटायर्ड हुने बेला भएको छ । न्याम्सले मेडिकलमा १५ जनाभन्दा बढी एमडी विद्यार्थी पढाउने गर्छ । यस चिकित्सा शिक्षा आयोगको मापदण्ड पनि छ ।

प्रतिष्ठानमा प्राध्यापक भएन भने सिट घट्छ । त्यो भनेको न्याम्स, वीर अस्पताल र बिरामीका लागि पनि घाटा हो । दुई जनामध्ये एक जना प्राध्यापक रिटायर्ड हुने अवस्थामा विभागले नै सिनियर र क्राइटेरिया पुगेको व्यक्तिलाई प्राध्यापक बनाउन सिफारिस गरेको हो । सोही सिफारिसको आधारमा एकेडेमिक काउन्सिलले मलाई बकाइदा निर्णय गरेर प्राध्यापक दिएको हो । मैले सो प्राध्यापक पद अर्को नियुक्ति वा फाइदाका लागि प्रयोग गरेको छैन । एकेडेमिक काउन्सिलले मलाई प्रोफेसर दियो त्यसमा मेरो के दोष ? अन्य फ्याकल्टीमा पनि बढुवाको कुरा छ । सबै विस्तारै गर्ने प्रक्रियामा छौं । एकै पटक सबै हुँदैन् ।

म अहिले न्याम्सको रेक्टर छु । अबको चार वर्षसम्म मलाई व्यक्तिगत रुपमा यो प्राध्यापक पद भएपनि सहप्राध्यापक भएपनि केही फरक पर्दैन । डिपार्टमेन्टले न्याम्सको सिट घट्न सक्छ भनेर सिफारिस गरेको हो । डिपार्टमेन्टलाई प्रोफेसर आवश्यक नभएको भए व्यक्तिगत रुपमा मैले लिनु आवश्यक पनि छैन ।

म यसअघि पनि चिकित्सक संघको महासचिव अध्यक्ष्य भइसकेको हुँ । म आफै कानुन छलेर काम गर्न हुँदैन भनेर नेतृत्व गर्ने मान्छे हुँ । मलाई अन्य अवसर पनि आउँथे । तर, चिकित्सा शिक्षा सुधारका लागि र गुणस्तरीय शिक्षाका लागि भनेरै रेक्टर रोजेको हुँ । प्राध्यापक हुँदा सबै प्रक्रिया पु¥याएर नै भएको छ । कानुन मिचेर मैले प्राध्यापक लिनुपर्ने कुनै कारण नै छैन । फेरि पनि भन्छु मैले कानुन मिचेको छैन, एकेडेमिक काउन्सिलबाट बकाइदा निर्णय भएर प्राध्यापक पद पाएको हुँ ।

न्याम्सको आफ्नै नियमअनुसार बढुवा हुन्छ । विपीको बढुवाको विवाद अदालतले टुंग्याइदिइसकेको छ, सोहीअनुसार न्याम्सको पनि हुन्छ । लोकसेवाले नयाँ भर्ना प्रक्रियामा मात्रै आफूलाई सोध्न भनेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ