२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो मेडिसिन अपडेट सुरु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो मेडिसिन अपडेट सुरु


धरान—चिकित्सा विज्ञान क्षेत्रमा भएका नयाँ खोज र अनुसन्धानबारे चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउने उद्देश्यले तेस्रो मेडिसिन उपडेट सुरु भएको छ । शुक्रबारबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागको आयोजनामा सम्मेलन सुरु भएको हो ।

कार्यक्रमा विभिन्न रोगका विषयमा देशभरका चिकित्सकहरुले गरेका सोधपत्रहरु प्रस्तुत हुने र ती सोधपत्रमाथि छलफल हुने आयोजक समितिका संयोजक तथा प्रतिष्ठानका एडिसनल प्रोफेसर डा. रविन मास्केले जानकारी दिए । प्रतिष्ठानमा दुई दिनसम्म चल्ने कार्यक्रममा १४ वटा सोधपत्र प्रस्तुत हुने उनले बताए ।

कार्यक्रम स्वास्थ्य क्षेत्रमा नौलो प्रविधी र विकास कसरी गर्न सकिन्छ र नयाँ प्रविधि मार्फत चिकित्सा प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने प्रतिष्ठानका मेडिसिन विभागका प्रमुखसमेत रहेका संयोजक डा. मास्केले जानकारी दिए । कार्यक्रममा देशभरका विशेषज्ञहरुको उपस्थिति रहेको उनले बताए ।

कार्यक्रमा विशेष चिकित्सकहरु, नेपालभर विभिन्न कलेजमा एमडी अध्ययनरत चिकित्सकसँगै नर्स तथा स्वास्थ्यकर्मीहरुको समेत सहभागिता छ । प्रस्तुत भएका सोधपत्र मध्ये ३ वटालाई एवार्ड प्रदान गरिनेछ ।

यस्तै, विभिन्न मेडिकल कलेजमा एमडी गरिरहेका विद्यार्थीहरुबीच क्वीज प्रतियोगितासमेत गराइने आयोजक समिति सदस्य डा भुपेन्द्र शाहले बताए । सन् २००१ बााट सुरु भएको यो कार्यक्रम सन् २०२२ मा दोस्रो पटक भएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ