२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विरामीको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त

विरामीको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त


विराटनगर-विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा एक जना विरामीको मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको छ ।
विराटनगर – ६ घर भएकी ७२ वर्षीया समसा बेगम को आज दिउँसो उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो ।

विरामीका आफन्तहरुले उपचारमा ढिलासुस्ती र आइसियूमा नराखि उपचार गरेको कारणले विरामीको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेका छन् । उनीहरुले उपचारमा ढिलाइ गर्ने चिकित्सक र नर्सलाई कारवाही गरिनुपर्ने माग राख्दै प्रर्दशनमा उत्रिएका हुन् ।

स्वासप्रश्वासमा समस्या भएपछि बेगमलाई आज दिउँसो कोशी अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि ल्याएको थियो । आकस्मिक कक्षमा खटिएका चिकित्सकले तत्काल आइसियूमा राखेर विरामी उपचार गरिनुपर्ने सुझाब दिए ।

विरामीलाई आइसियूमा राखेर उपचारको लागि रेफर पनि गरिदिए । तर, १२ वेडको कोशीको आइसियू जहिले प्याक हुने गरेको छ । आज पनि आइसियूको शैय्या विरामीले भरिएको थियो ।

आइसियूमा दुई वटा बेड आकस्मिक रुपमा शल्यक्रिया गरेर राखिने विरामीको लागि दुई वटा बेड छुट्याएको हुन्छ । एमेरजन्सीको लागि प्रसूती वार्ड र सर्जरीबाट आएका विरामीको लागि गरी दुई वटा बेड आइसियूमा राखिएको हुन्छ । उक्त बेडमा विरामी नराखी उपचार गर्दाबेगमको ज्यान गएको थियो ।

समयमै आइसियूमा लगेर उपचार नगर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कारवाहीको गरिनुपर्ने माग राख्दै विरामीका आफन्त शव बुझेका छैनन् । ‘आइसियूमा राखेर समयमै उपचार गरिदिएका भए मेरो आमा बाच्नुहुन्थ्यो,’ नेहाज अहमद भने, ‘आकस्मिक कक्षका चिकित्सकले आइसीयूमा लगेर उपचार गर्नु भन्दा पनि त्यहाँका स्वास्थ्यकर्मीले बेड छैन भन्दै उपचारमा ढिलाइ गरेको कारणले आमाको ज्यान गएको छ । उपचारमा ढिलासुस्ती गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही हुनुपर्दछ ।’

अस्पताल प्रशासनले उपचारमा ढिला सुस्ती गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गरेपछि मात्रै शव बुझ्ने उनले बताए । विरामीले आफन्तले साझसम्म पनि कोशी अस्पतालमा धर्ना दिएर बसेका छन् ।

 


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ