२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमुख्यमन्त्री अधिकारीद्वारा पोखरा विश्वविद्यालयको १०० शैय्याको शिक्षण अस्पताल उद्घाटन

मुख्यमन्त्री अधिकारीद्वारा पोखरा विश्वविद्यालयको १०० शैय्याको शिक्षण अस्पताल उद्घाटन


पोखरा—पोखरा विश्वविद्यालय गत भदौदेखि सञ्चालनमा ल्याइएको १ सय बेडको शिक्षण अस्पताल गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन् । उनले उद्घाटन समारोहमा बोल्दैं प्रदेश सरकारले १ सय शैय्याको अस्पताल सञ्चालन अनुमति दिएकाले मेडिकल शिक्षासँगै गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताए ।

पोखरा ३० खुदीमा रहेको अस्पतालमा वि.सं. २०८० भदौबाट बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नसा, दन्त चिकित्सालगायत सेवा सुरु भइसकेका छन् । यस्तै, फार्मेसी, आकस्मिक सेवा, ईसिजी, एक्सरेलगायत सेवा पनि सञ्चालनमा छन् ।

विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, बिपिटी, बीएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन हुने भएकाले अस्पतालमा विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्नेछन् ।

अस्पतालले शल्यक्रिया सेवा, आईसीयु, एनआईसीयु तथा अन्तरंग सेवा सञ्चालनको तयारी छ । अस्पतालमा ६ जना कन्सल्ट्यान्ट डाक्टर र ६ जना मेडिकल अफिसरसहित अन्य कर्मचारीको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

एमबीबीएस अध्यापन सुरु गर्न कम्तीमा ३ सय शैय्याको अस्पताल चाहिने भएकोले त्यसैअनुसार तयारी गरिएको स्वास्थ्य विज्ञान संकायका डिन अमर नागिलाले बताए ।

पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालमा उपकरण तथा भवनका लागि करिब १५ करोड लागत लागेको अस्पताल स्रोतले जनाएको छ । थप नयाँ १ भवन ७ करोड रुपैयाँ लगानीमा बनेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ