२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यसिनामंगलमा हार्दिक आईभीएफ संचालनमा

सिनामंगलमा हार्दिक आईभीएफ संचालनमा


काठमाडौं—सिनामंगलमा हार्दिक आईभीएफ सेन्टर संचालनमा आएको छ । सिनामंगलस्थित किष्टल कम्प्लेक्समा उच्चस्तरीय सुविधासहित हार्दिक आईभीएफ संचालनमा ल्याइएको सेन्टरका प्रमुख संचालक कैलाश खड्काले जानकारी दिए ।

‘हामीले अन्तर्राष्ट्रियस्तरको आईभीएफ केन्द्र हालै संचालनमा ल्याएका छौं,’ उनले भने, ‘सेन्टरमा निःसन्तान, प्रसुती तथा स्त्री रोग सम्बन्धि सुलभदरमा अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा उपलब्ध रहेको छ ।’

उनकाअनुसार सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आईभिएफ विशेषज्ञका रुपमा डा. अर्चना शाक्य, वरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानुलगायतको मेडिकल टिम कार्यरत छ । डा. शाक्य विगत १३ वर्षदेखि स्त्री, प्रजनन तथा निःसन्तान सम्बन्धि बिरामीको उपचारमा संलग्न रहेको र डा. बानु विगत ६ वर्षदेखि इम्ब्रयोलोजिष्टको रुपमा सेवा दिदै आएको खड्काले बताए ।

सेन्टरमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवासहित निःसन्तान हुनुको कारण पत्ता लर्गाएर आईयुआई, आईभीएफ, अण्डा, भ्रुण र वीर्य भण्डारणलगायतका अन्य उपचार सेवा सुपथ मुल्यमा उपलब्ध रहेको जानकारी उनले दिए ।

‘हामीले २०८१ अषाढ मसान्तसम्मका लागि १ लाख ९९ हजारमा रुपैयाँमा आईभीएफ सेवा र आईयुआई सेवा ८ हजार ५ सय रुपैयाँमामा उपलब्ध गराउनेछौं,’ खड्काले भने । साथै, केन्द्रले ल्याब टेष्ट तथा बिर्यको जाँचमा २० प्रतिशत छुट दिने समेत निर्णय गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ