२०८१ मंसीर ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘क्वान्टम किङ’ जिम साइमन्सको ८६ वर्षको उमेरमा निधन

‘क्वान्टम किङ’ जिम साइमन्सको ८६ वर्षको उमेरमा निधन


स्वास्थ्य सेवाका क्षेत्रमा नेपाललाई सहयोग गरिरहेका अमेरिकी अर्बपति जिम साइमन्सको निधन भएको छ । शुक्रबार सिमोन्स फाउण्डेसनले ‘क्वान्टम किङ’का नामले प्रख्यात जिमको ८६ वर्षको उमेरमा न्यूयोर्कमा निधन भएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

तर, उनको निधनको कारण भने फाउण्डेसनले खुलाएको छैन ।

जिमको सिमोन्स फाउण्डेसनले नेपालमा स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गरिरहेको छ । सन् २००३ मा इन्डोनेसियामा उनका छोरा निक साइमन्सको पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो ।

त्यसको एक वर्षअघि नेपाल आएका निकले नेपाललाई सहयोग गर्ने चाहना व्यक्त गरेका थिए । सोही चाहनाअनुसार निक साइमन्स इन्स्टिच्युटले नेपालको ग्रामीण स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । उसले स्वास्थ्यकर्मीको तालिम, अध्ययनलगायतका क्षेत्रमा सहयोग पु¥याउँदैं आएको छ ।

रेनेसान्स टेक्नोलोजीका संस्थापक जिम हेज कोषका प्रबन्धक, गणितज्ञ र परोपकारी व्यक्ति थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ