पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल वैशाख ११ गते मंगलबार बिदा भए पनि खुल्ने

पोखरा -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल वैशाख ११ गते मंगलबार सार्वजनिक बिदा भए पनि खुल्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै अस्पताल खुल्ने जानकारी दिएको हो ।
अस्पतालद्वारा जारी सूचनामा भनिएको छ,‘आकस्मिक रुपमा घोषणा गरिएको सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई पर्न जाने असुविधालाई मध्यनजर राख्दै यस अस्पतालका सम्पूर्ण सेवाहरु पूर्ववत सुचारु रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रदेशस्तरीय अस्पताल भएकाले बिरामीको चाप बढी हुने गरेको छ । अस्पतालमा शल्यक्रिया, एमआरआइ, डेन्टल सेवाका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।
आकस्मिक बिदाले थप प्रतीक्षारत बिरामीको तालिका प्रभावित हुने भएकाले अस्पताल खोल्ने निर्णय गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालको मेडिकल ओपिडीमा बिरामीको चाप बढी भए पनि विशेषज्ञ डाक्टर भेट्न मुस्किल हुने गरको बताइन्छ ।
धेरै पढिएका
- १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’
- २ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- ३ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए
- ४ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते
- ५ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ?
- ७ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित)
तपाईको प्रतिक्रिया दिनुहोस