गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ नर्सिङ कलेजको होस्टेलको पाँच तला माथिबाट हाम फालेकी १९ वर्षीया छात्राको मृत्यु नर्सिङ कलेजको होस्टेलको पाँच तला माथिबाट हाम फालेकी १९ वर्षीया छात्राको मृत्यु जीवन लामा शुक्रबार, २०८० चैत्र २३ गते, ११:२४ मा प्रकाशित सांकेतिक तस्विर चरिकोट—दोलखाको चरिकोटमा सञ्चालित च्छो रोल्पा नर्सिङ कलेजको होस्टेल बस्दै आएकी एक छात्राको मृत्यु भएको छ । होस्टेलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छात्राको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । पोखरा घर भई च्छो रोल्पा नर्सिङ कलेजमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीको उपचारको क्रममा गए राति मृत्यु भएको हो । उनलाई च्छो रोल्पा अस्पतालमा सामान्य उपचारपछि भक्तपुर रिफर गरिएको थियो । तर, गए राति भक्तपुरस्थित मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । ती छात्राले बुधबार नै होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको उनले बताए । विदामा घर गएकी उनी बुधबार मात्रै चरिकोट फर्किएकी थिइन् । घरबाट आएको एक दिनमै उनले होस्टलको पाँचौ तलबाट हाम फालेकी हुन् । ती युवतीले डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएकी अभिभावकले बताएका थिए । अहिलेसम्म उनले हाम फाल्नुको कारण भने खुलेको छैन । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ५ My Journey Against Myeloma ६ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक'