२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपटक–पटक बिग्रिन्छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन

पटक–पटक बिग्रिन्छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन

पूरानो मर्मत गरी काम चलाइदैं, स्वास्थ्य सेवा विभागसँग नयाँ माग


जुम्ला— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एक्सरे मेसिन सञ्चालनमा आएको छ । बिग्रेको एक्सरे मेसिम मर्मतपछि सञ्चालनमा आउँदा सेवाग्राहीलाई सहज भएको हो ।

वि.सं. २०७४ सालमा खरिद गरेको मेसिन धेरै पूरानो भएपछि पटक—पटक बिग्रिने भएकोले सेवाग्राहीलाई असहज भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए । ‘मेसिन बिग्रेपछि तुरुन्तै मर्मत गर्न सकिदैन् । दक्ष जनशक्ति टाढाबाट बोलाउनुपर्ने भएकोले छिटो मर्मत गर्न नसकिएको हो,’ उनले भने, ‘अस्पतालका कुनै पनि मेसिन बिग्रेपछि तत्काल मर्मत गर्न प्रयास गरेका हुन्छौं । तर, कतिपय मर्मतका सामग्री भारत र अन्य देशबाटै मगाउनुपर्ने हुन्छ । धेरै टाढाबाट मगाउदा समय लाग्छ ।’

प्रतिष्ठानसँग नयाँ मेसिन खरिद गर्ने बजेट पनि छैन । पूरानो एक्स—रे मेसिन मर्मत गरी काम चलाउनु परेको डा. रोकायाले बताए । ‘कतिबेला बिग्रने हो । भर छैन । प्रतिष्ठानसँग नयाँ एक्सरे मेसिन खरिद गर्ने बजेट नहुदा आपूर्ति व्यवस्थापन महाशाखा स्वास्थ्य सेवा विभागमा माग गरेका छौं । विभागसँग पहल त भएको छ । तर, आइपुगेको छैन ।’

प्रतिष्ठानमा बिजुलीको पनि समस्या रहेको छ । कम क्षमताको पावर अप डाउन भइरहने भएका कारण लाखौंका उपकरण जल्ने, बिग्रने भइरहेको अस्पतालका निर्देशक डा. रोकायाले बताए । अस्पतालले बिजुली अभावका कारण जेनेरेटर चलाउनु परेको छ । जो निकै खर्चिलो छ । कहिलेकाही डिजेलको समेत अभाव हुने भएकाले सेवा प्रवाह थप समस्या हुने गरेको छ ।

यस्तै छिटो—छरितो सेवा प्रवाह गर्न इन्टरनेटले पनि समस्या बनाएको छ । जुम्लामा भएका सबै किसिमका इन्टरनेट जडान गरेका गर्दा इन्टरनेट गति सुस्त छ । इन्टरनेट द्रुत गतिमा सञ्चालन नहुँदा नाम दर्ता, विलिङ, फार्मेसीमा सेवाग्राहीको भिड लाग्ने गरेको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ