२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटेरामक्स प्रकरणमा छानविन चलिरहेको भन्दैं एमालेले माग्यो स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा

टेरामक्स प्रकरणमा छानविन चलिरहेको भन्दैं एमालेले माग्यो स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा

स्वास्थ्यमन्त्रीसहित भौतिक पूर्वाधार र पर्यटनमन्त्रीले समेत राजीनामा दिनुपर्ने माग


काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । शुक्रबार संसदमा एमालेले टेरामक्स खरिद प्रकरणमा संलग्न रहेका मन्त्री बस्नेतमाथि छानविन चलिरहेको भन्दैं राजीनामा माग गरेको हो ।

एमाले सांसद योगेश भट्टराईले संसदमा बोल्दैं टेरामक्स छानविनमा स्वास्थ्यमन्त्री बस्नेतमाथि नैतिक प्रश्न उठेको बताउँदैं उनले राजीनामा दिनुपर्ने आफूहरुको माग रहेको बताए । ‘टेरामक्स यो करोडको लाखको कुरा थिएन्, अर्बौको घोटाला हुने टेरामक्स काण्डमा तत्कालीन संचारमन्त्रीको हैसियतले आजको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतजीको संलग्नताको बारेमा अख्तियारले बयान लिएको छ,’ उनले भने, ‘झण्डा हल्लाएर अख्तियारको अफिसमा बयान दिने गएको सम्भवतः उहाँ पहिलो मन्त्री होला । जब अख्तियारले बयान लिएको छ भने त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा कीमार्थ पनि स्वीकार छैन ।’

सांसद भट्टराईले यो नैतिक प्रश्न भएको उल्लेख गर्दै टेरामक्स प्रकरणमा लेखा समितिले अख्तियारलाई छानविन गर्न भनेको बताए । ‘छानविन हुँदै जाला, भोलि न्यायिक निरुपण हुँदै जाला तर बहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने र छानविनलाई पनि अगाडि बढाउने हो भने त्यो छानविन प्रक्रिया प्रभावित हुन्छ,’ उनले थपे, ‘त्यसकारण छानविनलाई निष्पक्ष ढंगले अगाडि बढाउन आजको स्वास्थ्यमन्त्रीजी हिजोको काण्डमा अब फेरि स्वास्थ्यमन्त्रीका हिसाबले बस्न मिल्दैन् । उहाँको राजीनामा हाम्रो पनि भनाइ हो ।’

भट्टराईले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा उल्लेख भइसकेपछि पनि झण्डा हल्लाएर हिँड्न नमिल्ने बताए। ‘एक जना मन्त्री भौतिक पूर्वाधारमन्त्री लापरवाहीका साथ जसरी त्यो बाटोमा जानुभयो र स्वयं सरकारल बनाएको छानविन आयोग जब मन्त्री दोषी छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा नैतिक हिसाबले हुँदैन्,’ उनले भने ।

यस्तै, एमालेले लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किरातीको राजीनामा मागेको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ