डा. रमेशसिंह भण्डारीले ल्याए नयाँ गीत ‘कसरी भनुँ म…’

काठमाडौं—त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारीले ‘कसरी भनुँ म…’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार युट्युबमार्फत सार्वजनिक गीतमा उनको मधुर श्वर सुन्न सकिन्छ ।
शब्द, संगीत र अभियन डा. भण्डारी स्वयंमको रहेको छ । एरेन्ज, मिक्सिङ र माष्टर भने प्रदीप जोशीले गरेका छन् ।
निर्देशन भने अनिल के मानन्धरले गरेका हुन् । काठमाडौं वरपरका सुन्दर दृश्यहरु कैद गरिएको गीतमा ड्रोन अविनाश मानन्धरले चलाएका हुन् भने सम्पादन तथा कलर मनोज कार्कीको रहेको छ ।
बिरामी उपचार र शल्यक्रियासँगै संगीत कर्ममा रमाइरहेका डा. भण्डारीको यो सातौं गीत हो ।
धेरै पढिएका
- १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- २ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !
- ३ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- ४ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी
- ७ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने
तपाईको प्रतिक्रिया दिनुहोस