काठमाडौं—नेकपा एमालेका सांसद पदम गिरीले स्थानीय तहमा बन्दैं गरेका आधारभूत अस्पतालहरु राज्यले दायित्व भुक्तानी नगर्दा अलपत्र परेको बताएका छन् । बुधबार संसद बैठकमा बोल्दैं उनले ७५३ वटा स्थानीय तहमा बन्दैं गरेको अस्पतालको दायित्व भुक्तानी नगर्दा अलपत्र परेको बताएका हुन् ।
‘वर्षौदेखिका राष्ट्रिय गौरवका आयोजनाहरु आज अलपत्र छन् । राज्यको अर्बौ लगानी भयो ती कामहरु हामी सम्पन्न गर्न सकिरहेका छैनौं,’ संसदमा उनले भने, ‘७५३ वटा स्थानीय तहमा बन्दैं गरेका अस्पतालहरु आज सरकारले दायित्व भुक्तानी नगर्दा अलपत्र अवस्थामा छन् । यस्तो हालतमा कसले पु¥यायो देशलाई ? यो समान्य विषय हो ?’
सांसद गिरीले राज्यले अर्बौ रुपैयाँ लगानी गरेर तयार पारेको गेटा मेडिकल कलेजजस्ता कलेजहरुलाई संचालन गर्न नदिइएको समेत बताए । ‘त्यसपछि नेपाली युवा विद्यार्थी पढ्न बाहिर जानुपर्ने यो हो नि त दुर्भाग्य,’ उनले भने, ‘ कसको स्वार्थ पूरा गर्नका लागि सरकार यो काममा लागिरहेको छ ।’ यसमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
योगदानमा आधारित सुरक्षा कार्यक्रमहरु पनि अलपत्र पारिएको उनको भनाइ थियो ।