वीरेन्द्रनगर—कर्णालीमा कृष्ठ रोगका २४ जना नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको छ महिनामा कर्णालीमा कुष्ठ रोगका २४ जना नयाँ बिरामी फेला परेका हुन् ।
सुर्खेतस्थित साइनिङ अस्पताल आईएनएफमा आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेको जनाएको छ ।
नयाँ बिरामीमध्ये सुर्खेतका सात, दैलेख र जाजरकोटका तीन/तीन, सल्यानका दुई, कालीकोटका एक, बाँके र अछामका एक/एक तथा बर्दिया र रुपन्देहीका दुई/दुई जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका साइनिङ अस्पताल आइएनएफ सुर्खेतका कुष्ठरोग इन्चार्ज उदयनाथ योगी बताए ।
‘शंका लागेर जाँच गराउन आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेका हुन्,’ उनले भने, ‘नयाँ बिरामी फेला परेपछि उपचारका लागि सम्बन्धित स्थानका स्वास्थ्य संस्थामा पठाइएको र जटिल खालकालाई मात्र साइनिङ अस्पतालमा राखेर उपचार गराइएको छ ।’
अघिल्लो वर्ष ४३ जना नयाँ बिरामी फेला परेका थिए । अहिले छ महिनामै २४ जना नयाँ फेला परेपछि यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ बिरामी फेला पर्ने अनुमान गरिएको थियो ।