२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त


काठमाडौं—शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको संचार तथा सूचना प्रविधीमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि उनी केन्द्रका निमित्त कार्यकारी निर्देशक थिए । ११ पुसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए ।

६ पुसमा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यलय सकिएसँगै गंगालाल कार्यकारी प्रमुख पद रिक्त बनेको थियो । त्यसपछि डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो ।

बुधबार केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा. मल्ल गंगालालका सिनियर कन्सल्ट्यान्ट कार्डियोलोजिष्ट हुन् । उनी २४ वर्षदेखि गंगालालमा कार्यरत छन् ।

डा. मल्ल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्डियोलोजीका प्राध्यापक समेत हुन् ।

यस्तै, बुधबारकै क्याबिनेट बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ