२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेएमसीले डा. विषदलाई कलेज छिर्न रोक लगाएको घटनाप्रति एनएमएको गम्भीर ध्यानाकर्षण

केएमसीले डा. विषदलाई कलेज छिर्न रोक लगाएको घटनाप्रति एनएमएको गम्भीर ध्यानाकर्षण


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले काठमाडौं मेडिकल कलेज(केएमसी)मा रेजिडेन्सी गरिरहेका डा. विषद दाहालमाथिको निलम्बन फिर्ता गर्ने पत्र पठाइसक्दा पनि उनलाई कलेजमा छिर्न नदिने प्रशासनको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार संघले जारी गरेको विज्ञप्तीमा डा. दाहाललाई एक महिनाका लागि गरिएको निलम्बको निर्णय विश्वविद्यालय फिर्ता गर्न कलेज प्रशासनलाई पत्र पठाएको तर प्रशासनले छिर्न नदिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

संघले स्पष्टीकरणको मौका समेत नदिएर निलम्बन गर्ने कलेजको निर्णयप्रति आपत्ति समेत जनाएको छ । उसले स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरुलाई शैक्षिक गतिविधीबाहेक पीडादायी रुपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने कार्य चिकित्सा शिक्षा आयोगको नियम विपरित रहेको समेत जनाएको छ ।

‘अनावश्यक रुपमा स्वास्थ्य शिविरमा सामेल नहुने भनेर भनिएकोप्रति कलेज प्रशासनद्वारा कुनै पनि कारणको माग नगरी स्पष्टीकरणको अवसर समेत नदिई निलम्बन गर्दै विज्ञप्ती जारी गर्नुप्रति यस संघको आपत्ति रहेको छ,’ विज्ञप्तीमा छ ।

उसले अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकमाथि लक्षित गर्दै गरिएको घटनाको उचित छानविन गर्दै अन्यायमा परेका चिकित्सकलाई न्याय प्रदान गर्न सहयोग गर्न समेत आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ