काठमाडौं—स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशकको जिम्मेवारी दीपकप्रसाद तिवारीले पाएका छन् । गत बिहीबार बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले तिवारीलाई निर्देशनालयको निर्देशकको जिम्मेवारी दिएको हो ।
यसअघि स्वास्थ्य निर्देशनालयको निमित्त प्रमुखमा सागरप्रसाद घिमिरे थिए । बागमतीको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले तिवारीले बुधबारदेखि जिम्मेवारी सम्हालेको जानकारी दिए ।
‘उहाँले आजदेखि स्वास्थ्य निर्देशनालय निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको हो,’ उनले भने ।
१९ मंसिरमा बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्कालाई हटाएर तिवारीलाई स्वास्थ्य सचिवको बनाइएको थियो । खड्कालाई भने मुख्यमन्त्री कार्यलयमा तानिएको थियो ।
तर, आफूलाई मुख्यमन्त्री कार्यलय तान्ने बागमती सरकारको निर्णय विरुद्ध खड्का सर्वोच्च अदालत गएका थिए । २८ मंसिरमा सर्वोच्चले उनलाई जिम्मेवारी फर्काइदिएपछि तिवारीलाई स्वास्थ्य निर्देशनालयको जिम्मेवारी दिइएको हो ।