गेटालाई ३०० शैय्याको अस्पताल बनाउन पहल थाल्छु : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्यमन्त्री बस्नेतले गरे गेटा अस्पतालको निरीक्षण

धनगढी—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटा अस्पतालको निरीक्षण गरेका छन्। आइतबार अनुगमनका क्रममा मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भएपनि त्यसलाई संचालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए।
‘भौतिक सरचना तयार छ । एक सय शैय्या संचालन अनुमति पाएको गेटा अस्पताललाई ३ सय शैय्याको बनाउन पहल थाल्नेछु । यसको दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिन्छु,’ मन्त्री बस्नेतले भने ।
मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भएपनि त्यसलाई संचालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए ।
‘गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल संचालन गर्न आवश्यक छ,’ उनले थपे, ‘बाहिरी क्षेत्रबाट डाक्टरहरु सुदूरपश्चिममा आउन नमान्ने भएकाले गेटामा मेडिकल शिक्षा संचालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ती उत्पादन हुन्छ ।’
१ सय ४१ अस्थायी दरबन्दी रहेको अस्पताल १ कार्तिकदेखि संचालनमा छ । हाल सम्म १ हजार ३७ जना बिरामीको उपचार गरिएको अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए ।
धेरै पढिएका
- १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- २ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति
- ३ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने
- ४ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव
- ७ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !
तपाईको प्रतिक्रिया दिनुहोस