२०८१ मंसीर १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशभारतबाट आएका २ जनामा कोभिड—१९ संक्रमण पुष्टि

भारतबाट आएका २ जनामा कोभिड—१९ संक्रमण पुष्टि


धनगढी—सुदूरपश्चिममा फेरि कोभिड—१९ को संक्रमण फेला परेको छ। जिल्ला स्वास्थ्य कार्यलय कैलालीकाअनुसार मंगलबार र बुधबार भारतबाट आएका दुई जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो ।

बुधबार १ जना र मंगलबार एक जनामा संक्रमण पुष्टि भएको हो। भारतमा कोभिड—१९ को नयाँ संक्रमणले चिन्ता बढाइरहेका बेला भारतबाट फर्केका दुई जनामा कोभिड संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो।

स्वास्थ्य कार्यालयका मीन धामीले बुधबार चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका—११ का २४ वर्षीय युवक र मंगलबार पुनर्वास नगरपालिका—५ की ३२ वर्षीया महिलामा संक्रमण देखिएको बताए। ती महिला भारतको बैङ्लोरबाट फर्किएकी हिजो फर्किएकी थिइन्।

अहिले उनीहरु दुवै जना होम आइसोलेसनमा रहेको छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ