२०८१ मंसीर १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिसो कारण भूकम्पपीडित बालकको मृत्यु 

चिसो कारण भूकम्पपीडित बालकको मृत्यु 


वीरेन्द्रनगर– चिसोका कारणले थप एक भूकम्प पीडित बालकको मृत्यु भएको छ । जाजरकोट जिल्ला छेडागाड नगरपालिका–८ रुवका बिर्खबहादुर सार्कीका १२ वर्षीय छोरा दीपक सार्कीको चिसोका कारण शनिवार  मृत्यु भएको हो ।

भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो । मृतक बालकलाई चिसोले निमोनिया भएको स्थानीय नरबहादुर गिरीले जानकारी दिए । ‘निमोनियापछि उनलाई छेडागाड नगरपालिका–९ पजारुस्थित स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।’ उनले भने,‘स्वास्थ्य चौकीबाट घर लगेपछि उनको मृत्यु भएको हो ।’

घर चर्किएपछि पीडितहरूलाई खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ । न्यानो लुगाको अभावमा चिसोले पीडितहरूको ज्यान गइरहेको छ । यस सँगै हालसम्म जाजरकोटमा भूकम्पपछि चिसोले मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ