२०८१ मंसीर १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनमा फैलिएको अज्ञात रोगसँग नेपाल सतर्क रहनुपर्छ– डा.शेरबहादुर पुन

चीनमा फैलिएको अज्ञात रोगसँग नेपाल सतर्क रहनुपर्छ– डा.शेरबहादुर पुन


काठमाडौं– उत्तरी चीनमा अहिले अज्ञात निमोनिया फैलिएको छ । यो रोग अहिले नेपालमा पनि चिन्ताको विषय बनेको छ । उत्तरी सहर लियोओनिङ र ८ सय किलोमिटर टाढा रहेको राजधानी बेइजिङमा समेत संक्रमण यो रोगबाट बाट बढिजसो बालबालिका  संक्रमित बनेका छन् ।

चिनमा अहिले फैलिएको अज्ञात निमोनियाको कारण के भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन । यो ब्याक्टेरिया हो की? अन्य कुनै भाइरस हो भन्ने कुरा पुष्टि भइसकेको छैन । त्यस कारण यो नेपालका लागि चिन्ताको विषय बनेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुन बताउँछन् ।  श्वासप्रश्वास सम्बन्धी रहेको यो रोगबाट चिनमा बढी बालबालिका प्रभावित भएको भदै उनले नेपालमा पनि उच्च सतकर्ता अपनाउन आग्रह गरेका छन् ।

चिनबाट अहिलेसम्म यो रोग फैलिनुको कारणबारे केही जानकारी नआएको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओले भने चीनमा फैलिएको निमोनिया कुनै नौलो वा असामान्य किसिमको नभएको भन्दै चीनसँग यसबारे जानकारी लिने प्रयास गरिरहेको उनले बताए ।

आक्रामक रूपले अज्ञात रोग फैलिइरहँदा भविष्यमा भयावह अवस्था आउन सक्ने भन्दै डा.पुनले सामान्य रुपमा देखिएका रुघाखोकी, ज्वरो जस्ता लक्षणहरूलाई पनि नजरअन्दाज नगर्न आग्रह गरेका छन् । ‘कोभिडको सुरुवात भई विश्वभर आतङ्क मच्चिँदा सुरुमा त्यसलाई सामान्य लिइएको थियो । अहिले मैले अध्ययन गरे अनुसार चिनका ठूला–ठूला अस्पतालहरुमा दैनि १२ देखि १५ सय बिरामी भएको भन्ने कुराहरू आइरहेका छन् ।’ उनले भने । ‘कोभिड १९ लाई आधार मान्ने हो भने यो रोगलाई नजरअन्दाज गर्न हुँदैन ।’

चिनमा एकैपटक ठूलो संख्यामा आक्रामक रूपले यो रोग बढ्दै गर्दा अन्य मुलुकहरू पनि अछुतो नरहन सक्ने उनले आङ्कलन गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ