२०८१ मंसीर १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति


धनगढी-कैलालीको धनगढीमा भीषण  आगलागी भएको छ। धनगढी उपमहानगरपालिका– १ स्थित सारथी अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको हो। आगलागीले अस्पतालसहित आठ पसलमा क्षति भएको प्रहरीले जनाएको छ।

सुरुमा अस्पताल नजिक रहेको दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो।

यस्तै मधुमाला देवी सप, भट्ट सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ्ग सेन्टर, न्यू सदिक्षा ईन्टरप्राईजेजी, भण्डारी सु –सेन्टर र भट्ट ट्रेडर्स एन्ड सप्लायर्समा पनि आगलागीका कारण क्षति भएको छ।

राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

क्षतिको पूर्ण विवरण आइसकको छैन।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ