२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशरक्तदाता खोज्दैं ‘मोबाइल भ्यान’

रक्तदाता खोज्दैं ‘मोबाइल भ्यान’


पोखरा—रगत अभाव हुन नदिन जिल्ला रेडक्रस सोसाइटी कास्कीले मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । दुई/तीन जनासम्म रक्तदाता भए पोखरादेखि लेखनाथ क्षेत्रसम्मका जुनसुकै चोकसम्म रगत संकलनका लागि भ्यान पु¥याउने सोसाइटीले जनाएको छ ।

दसैंका तीन दिन रक्तदान कार्यक्रम नभएका कारण रगत अभाव भएपछि मोबाइल भ्यान सञ्चालन गरिएको हो । दसैं तिहारलगायतका चाडपर्वका कारण नियमित रक्तदान नहुँदा पीआरपी (प्लेटलेट्स रिच प्लाज्मा)को अभाव भएको तर आकस्मिक रक्तदान गरी अभाव पूर्ति गरिएको रक्त सञ्चार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीकाअनुसार पीआरपी बनाएको रगत पाँच दिनभित्रै प्रयोग गर्नुपर्ने हुन्छ । रगतका विभिन्न भेरियन्टमध्ये पीआरपी बनाउन ‘बी’ पोजेटिभ रगत आवश्यक पर्छ ।

संकलन भएको रगत एचआईभी जाँच, रक्त समूह पहिचान, ब्लड बैंकमा सुरक्षित गर्नेलगायत लाग्ने खर्च गण्डकी प्रदेश सरकारले व्यहोर्दै आएको छ । पोखरामा दैनिक ७०/८० युनिट रगत खपत हुने ज्ञवाली बताउँछन् ।

कास्कीमामात्रै करिब ६ सय संस्थामार्फत वार्षिक २४ हजार युनिट हाराहारीमा रगत संकलन हुने गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ