२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्समहिलाहरूमा प्रोटिनको कमीले देखिने लक्षणहरू

महिलाहरूमा प्रोटिनको कमीले देखिने लक्षणहरू


एक सामान्य महिलालाई हरेक दिन कम्तीमा ५० ग्राम प्रोटिन चाहिन्छ । प्रत्येक ग्राम प्रोटिनले ४ क्यालोरी ऊर्जा उत्पादन गर्छ । यसबारे हरेक महिला सचेत हुनुपर्छ र आफ्नो खानपानलाई पनि त्यही अनुसार कायम राख्नुपर्छ ।

धेरैजसो महिलाहरूलाई प्रोटिनको फाइदाहरूको बारेमा विस्तृत जानकारी हुँदैन । किनभने उनीहरूले डाक्टरबाट लिखित निर्देशन नआएसम्म आफूलाई ध्यान दिँदैनन् । तर महिलाले आफ्नो खानपिनको ख्याल गर्नु निकै जरुरी हुन्छ ।

प्रोटिनको कमीका कारण महिलाहरूको मांसपेशीमा हानि हुन सक्छ । मिर्गौला सम्बन्धी समस्या वा चिडचिडापन पनि प्रोटिनको कमीको सङ्केत हुन सक्छ । यदि प्रोटिनको मात्रा धेरै भयो भने यसले तौल बढ्न सक्छ । आहारमा पर्याप्त मात्रामा प्रोटिनले यी समस्याबाट छुटकारा पाउन सक्छ ।

प्रोटिनले मांसपेशीलाई, शरीरमा अक्सिजन र रगत प्रवाह गर्ने, पाचन राम्रो बनाउने, कोलेस्ट्रोल कम गर्ने, कपाल, नङ, हड्डी र छालाको निर्माणमा सहयोग गर्छ । यसको लागि शरीरमा पर्याप्त मात्रामा प्रोटिन हुनुपर्छ । केही लक्षणहरूले शरीरमा प्रोटिनको कमी भएको लक्षणहरू देखाउँछ ।

लक्षणहरू

  • छिटो थकान महसुस हुने ।
  • छिटो भोक लाग्ने ।
  • धेरै मुड परिवर्तन भइरहने ।
  • हातखुट्टा सुनिने ।
  • छिटो छिटो बिरामी हुने ।
  • कपाल र नङ कमजोर हुने ।
  • छाला सुख्खा हुने ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ