२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार ‘लामो समयदेखि बेरोजगार डाक्टरहरूलाई छिटै रोजगारको व्यवस्था गर्दैछौँ’– स्वास्थ्यमन्त्री बस्नेत

 ‘लामो समयदेखि बेरोजगार डाक्टरहरूलाई छिटै रोजगारको व्यवस्था गर्दैछौँ’– स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं– लामो समयदेखि डाक्टर र नर्सिङ क्षेत्र र पारामेडिक्स क्षेत्रमा बेरोजगार भएर बसेका व्यक्तिहरूको व्यवस्थापन गरिने भएको छ ।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बरोजगार भएर बसेका डाक्टर र नर्सिङ क्षेत्र र पारामेडिक्स क्षेत्रका व्यक्तिहरूको व्यवस्थापनका लागि सरकारले अब छिटै दरबन्दीको व्यवस्था गरी जनता र राष्ट्रको सेवामा लगाइने बताएका हुन् ।

राज्यले दरबन्दी नदिएर विगत लामो समयदेखि यस क्षेत्रका व्यक्तिहरू  बेरोजगार रहिरहेको अवस्थामा हालसालै १७२ वटा कोटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पताल गरी चार वटा संस्थाहरूमा सिफारिस गरी स्वीकृति गरिएको स्वास्थ्यमन्त्री बस्नतले बताए ।

स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीको संयोजकत्वमा क्याबिनेटमा छलफल गरी डाक्टर, पारामेडिक्स र नर्सिङको क्षेत्रमा भइरहेको अभाव पूर्ति गर्न दरबन्दीको व्यवस्था गर्ने सहमति भइसकेको भन्दै अब छिटै दरबन्दी सिर्जना गरी खालि रहेका डाक्टर, नर्स र पारामेडिक्सहरुलाई जतिसक्दो छिटो राष्ट्रको सेवामा लगाइने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ