२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यशहीद गंगालाल हस्पिटलले करार सेवामा माग्यो डाक्टर

शहीद गंगालाल हस्पिटलले करार सेवामा माग्यो डाक्टर


काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । अस्पतालले गत भदौ ३१ गते एक सूचना जारी गर्दै रेजिडेन्ट चिकित्सक (कार्डियोलोजी ) पदका लागि करार सेवामा एक जना चिकित्सक आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा अनलाइन मार्फत दरखास्त दिन सकिने अस्पतालले जनाएको छ ।

एमबीबीएस वा सो सरहको उपाधी हासिल गरी नेपाल मेडिकल काउन्सिलमा नाम दर्ता गरेका आवेदकले उक्त पदका लागि आवेदन दिन सक्नेछन् ।

उक्त पदमा खुल्ला प्रतियोगितात्मक परिक्षाको आधारमा उम्मेदवार छनौट गरिने अस्पतालले जनाएको छ । अन्य जानकारीका लागि तल दिइएको सूचना हेर्नुहोस् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ