धरान—जिल्ला प्रशासन कार्यलय सुनसरीले १५ हजारभन्दा बढीलाई डेंगी संक्रमण भएपछि धरान उपमहानगरपालिकाका जनस्वास्थ्य आपत्तकाल घोषणा सिफारिस गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश जारी गर्दै शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि धरानमा निषेधाज्ञा जारी गरेको जनाएकी छन् ।
धरान उपमहानगरपालिका २० वटा वडामा मात्रै १५ हजारभन्दा बढी व्यक्तिमा डेंगी संक्रमण भएको छ भने धरान जिल्लाका सबै स्थानीय तहमा समेत गरी १६ हजार बढीमा डेंगी संक्रमण देखिएको छ । डेंगी संक्रमणबाट सुनसरीमा मात्रै १२ जनाको मृत्यु भइसकेको छ ।
साउन २६ को जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार पाण्डेले एक आदेश जारी गरेर धरानमा स्वास्थ्य आपत्तकालको घोषणा गर्न सिफारिस गरिएको हो ।
विग्रदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै धरानमा निषेधाज्ञा जारी गरिएको हो । यो अवधिमा सुरक्षा निकायसँग समन्वय नगरेर सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैनिक सभा, ¥याली,भेला, प्रदर्शनलगायका कुनै पनि प्रकारका कार्यक्रममा रोक लगाइएको छ ।