२०८१ मंसीर १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य विमा वोर्डले सेवा प्रदायक सूचीबाट हटायो २६ निजी अस्पताल (सूचीसहित)

स्वास्थ्य विमा वोर्डले सेवा प्रदायक सूचीबाट हटायो २६ निजी अस्पताल (सूचीसहित)


काठमाडौं–स्वास्थ्य विमा वोर्डले विमाअन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ । ३२ साउनमा बसेको वोर्डको बैठकले सूचीबाट हटाउने निर्णय गरेको वोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए ।

सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटपछि अस्पतालको सम्झौता अवधि समाप्त भई पुनः नवीकरण नभएका वा हुन नसकी विमा सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरु र लामो समयसम्म सम्झौता नवीकरण नगरेका स्वास्थ्य संस्थाहरु सूचीबाट हटाइएको बसौलाले बताए ।

‘बजेटपछि सम्झौता समाप्त भई पुनः नवीकरण नभएका वा हुन नसक्नेलाई सूचीबाट हटाइएको छ,’ उनले भने, ‘ती सँगै सम्झौता नवीकरण नगरेका संस्थालाई पनि हटाइएको छ ।’

सरकारले अघिल्लो आर्थिक वर्षमा सरकारी र सामुदायिक अस्पतालबाट मात्र स्वास्थ्य विमा संचालन गर्ने घोषणा गरेको थियो । त्यो सँगै मेडिकल कलेजहरुले सेवा बन्द गरेका थिए ।

अघिल्लो वर्षको घोषणालाई यस वर्ष पनि नियमित दिदैं सरकारले सरकारी, सामुदायिक र सहकारीबाट संचालन भएका अस्पतालमा विमा कार्यक्रम संचालन गर्ने उल्लेख गरेपछि विमा वोर्डले निजी अस्पताललाई पुनः नवीकरण रोकेर सूचीबाट हटाउन थालेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ