काठमाडौं—सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयअन्तर्गतका दरबन्दी स्वीकृत गरेको छ ।
६ भदौंको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिदैं सूचना, संचार तथा प्रविधी मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आयोग र शिक्षा मन्त्रालयअन्तर्गतका निकायहरुमा राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको बताइन् ।
यस्तै, सुर्खेत जिल्लाको साविकको अवलचिङ गाविस—४ मा पर्ने ९ रोपनी जग्गा चिंगाड गाउँपालिका—५ मा बन्ने १५ शैय्याको अस्पतालका लागि गाउँपालिकालाई उपयोग गर्न दिने स्वीकृत पनि क्याबिनेट बैठकले दिएको छ ।
साथै, धुलिखेल अस्पतालअन्तर्गत निर्माण हुने धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टरका लागि जापान सरकारले जाइकामार्फत अनुदानस्वरुप प्रदान गर्ने ३ अर्ब २९ करोड ६० लाख जापानिज येन स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।