इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को नयाँ अध्ययनले प्रिकसन भ्याक्सिनेसनबाट कोभिड—१९ का बिरामीको डिस्चार्ज भएपछि हुने मृत्युमा ६० प्रतिशत गिरावट आएको देखाएको छ । अध्ययनअनुसार कोभिड—१९ को संक्रमण हुनुभन्दा पहिले भ्याक्सिन लगाउने मानिसहरुलाई संक्रमणपछि हुने लङ कोभिडका लक्षणबाट ६० प्रतिशत सुरक्षा पाएका छन् ।
वास्तवममा कोभिड—१९ संक्रमणबाट ठीक हुने वा कोभिड—१९ नेगेटिभ हुने बिरामी महिनौपछि पनि कोडिभका लक्षणहरु महसुस भएका थिए । जसलाई लङ कोभिड भनिएको थियो । लङ कोभिड शब्द प्रयोग पहिलो पटक एलिसा पेरेगो (युनिभर्सिटी कलेज अफ लन्डनकी रिसर्च एसोसिएयट)ले मई २०२० मा आफ्नो कोभिड—१९ अनुभव शेयर गर्ने बेला गरेकी थिइन् । त्यसबेलाबाट कयौं बिरामीलाई यसप्रकारको आफ्नो अनुभव सुनाइसकेका छन् ।
नेशनल क्लिनिक रजिष्ट्री फर कोभिड—१९ को टिमले बिरामीका डिस्चार्ज भएको एक वर्षपछि कोभिड—१९ संक्रमणबाट भएको मृत्युको तथ्यांक विश्लेषण गरेर यो अध्ययन गरेका थिए । आईसीएमआरले भारतभरका ३१ केन्द्रमाथि नेशनल क्लिनिक रजिष्ट्री फर कोभिड—१९ मेन्टेन गरिरहेको छ । यहाँ अस्पतालमा भर्ना भएका सबै कोभिड बिरामीको डिस्चार्जको एक वर्षपछिसम्म समय—समयमा कल गरेर सम्पर्क गरिन्छ । यो अध्ययनमा फ्रेबुअरी २०२३ सम्म जुटाइएको तथ्यांकलाई विश्लेषण गरिएको थियो ।
लङ कोभिडसँग जुधिरेका दुई जना व्यक्तिको लक्षण बिल्कुल फरक—फरक हुन सक्छन् । तर, समान लक्षण दुवैमा थकान हुनु हो । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने, श्रवण र दृष्टिमा समस्या हुने, टाउको दुख्ने, गन्ध र स्वाद नलाग्ने समस्या पनि लङ कोभिडमा देखिएका छन् ।
यसका साथै, आन्द्रा, मिर्गौला, फोक्सो र मुटुमा क्षति पुग्ने समस्या पनि हुन्छ । डिप्रेसन, चिन्ता, स्पष्ट सोचका लागि संघर्षजस्ता मानसिक स्वास्थ्य समस्याहरु पनि अगाडि आउँदैछन् । यी कठिनाइहरुले कुने पनि व्यक्तिको जीवनको गुणस्तरलाई बर्बाद गर्न सक्छ ।
यतिमात्र होइन् कोभिडले मानिसको मेटाबोलिज्म परिवर्तन गरेको छ । जसका कारण रगतमा चिनीको मात्रा नियन्त्रण गर्न समस्या भएको छ । विशेषगरी ती व्यक्तिहरु जसले कोभिड—१९ पछि मधुमेहको लक्षण देखाएका थिए । केही मानिसहरुमा बोसो प्रशोधन गर्ने तरिका पनि परिवर्तन भएको छ । कोभिड—१९ महामारीले मानिसको रगतमा पनि असर गरेको छ । असामान्य कलटिङसँगै शरीरभरी रगत बोक्ने नसाहरुको नेटवर्कमा पनि क्षति पुगेको थियो ।
चिकित्सक र विशेषज्ञहरुको भनाइमा लङ कोभिडसँग जुधिरहेका मानिसहरुलाई मल्टीडिसिप्लेनरी तथा मल्टी केयर पद्धतिबाट मात्रै ठीक गर्न सकिन्छ ।
–दैनिक भाष्करबाट भावानुवाद