२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यछालालाई स्वास्थ राख्ने ७ उपायहरू

छालालाई स्वास्थ राख्ने ७ उपायहरू


छाला शरीरको सबैभन्दा ठूलो भाग हो । यसले शरीरको बाहिरी भाग ढाकेको हुन्छ । छाला तीन तहहरु एपिडर्मिस, डर्मिस र हाइपोडर्मिस मिलेर बनेको हुन्छ । छालाको आधारभुत प्रकारहरु हुन्छन् । कसैको छाला सुख्खा हुन्छ । कसैको चिल्लो र कसैको सामान्य प्रकारको छाला हुन्छन् ।

छालाको हेरचाह नगर्नाले यसमा कत्लाकत्ला हुने, रङ बिग्रिने र विभिन्न छाला सम्बन्धि रोगहरु लाग्न सक्छन् । यस्ता समस्याहरुबाट बच्न हामीले छालालाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ ।

सनस्क्रिनको प्रयोग गर्ने
घरबाट बाहिर निस्किनुभन्दा पहिला सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सनस्क्रिनले छालालाई घामको किरणबाट बचाउछ । साथै यसले छालामा हुनसक्ने क्यान्सरबाट पनि बचाउँछ ।

धुम्रपान नगर्ने
धुम्रपानले छालालाई ठूलो असर गर्दछ । यसको सेवनले छालामा चाँडै बुढ्यौली आउने हुन्छ । घाउहरु चाँडो निको नहुने र छाला सम्बन्धिको रोगहरु पनि निम्त्याउन सक्छ ।

चेकअप गर्ने
छालाको स्वास्थ राम्रो छ कि छैन बेला–बेलामा चेक–जाँच गर्नुपर्छ । लामो समयसम्म छालालाई वेवास्ता गर्दा छाला चिलाउने वा रगत बग्ने भएमा छालाको क्यान्सर भएको हुन सक्छ । छाला क्यान्सर समयमै पत्ता लगाउन समयमै चेकअप गराउनुपर्छ ।

सहि स्किन केयर प्रडक्टको प्रयोग
छाला धेरै प्रकारका हुन्छन् । जस्तैः चिल्लो, सुख्खा, नर्मल वा संवेदनशील हुन्छन् । आफ्नो छालाको प्रकारअनुसार उचित प्रडक्टहरुको प्रयोग गर्नुपर्छ । छालालाई मिल्ने प्रडक्टको प्रयोग नगर्दा रिजल्ट राम्रो नहुन सक्छ ।

छालालाई स्क्रब नगर्नुहोस्
छालालाई स्क्रब नगर्नु नै राम्रो मानिन्छ । छालालाई स्क्रब गर्दा छालाको अवस्था ब्ग्रिन वा दुखाइ हुन सक्छ । स्क्रब धेरै गर्नाले छाला सम्बन्धि रोग लाग्ने सम्भावना धेरै हुन्छ ।

अनुहार सफा गर्नुहोस्
पसिना आउदा, बाहिर कतै गएर आउदा र राति सुत्नु अगाडि अनुहारलाई राम्ररी सफा गर्नुहोस् । यसो गर्दा अनुहारमा भएको फोहोरहरु सजिलै हट्न सक्छ । र अनुहारमा आउने पिम्पल्सहरुबाट पनि टाढा रहन सक्नुहुन्छ ।

तनाव नलिने प्रयास गर्नुहोस्
कुनै कुरामा पनि धेरै तनाव नलिने प्रयास गर्नुहोस् । तनावलाई कम गर्ने वा समाधान गर्ने बाटोहरु खोज्नुहोस् । धेरै तनावले सोरायसिस र एटोपिक डर्मेटाइटिसजस्ता छालाको रोगहरु लाग्न सक्छ ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ