जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थीलाई अनुसन्धान पद्धति प्रशिक्षण सुरु भएको छ । प्रतिष्ठानको संस्थागत अनुसन्धान समिति (आईआरसी)द्वारा स्नातकोत्तर विद्यार्थीको लागि एक हप्ताको अनुसन्धान पद्धति प्रशिक्षण गरिएको हो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार प्रतिष्ठानको संस्थागत अनुसन्धान समितिले स्नातकोत्तर तहका विद्यार्थीका लागि भदौ ३ देखि ८ गतेसम्म साताव्यापी अनुसन्धान पद्धति प्रशिक्षण सञ्चालन गरेको हो । ‘आईआरसीले प्रतिष्ठानमा कार्यशाला, प्रशिक्षण, र अनुसन्धान पहलमार्फत अनुसन्धानलाई उत्कृष्टता दिएको छ,’ उनले भने ।
आईआरसीका अध्यक्ष प्रा.डा. शेशानन्द सन्जेलले प्रशिक्षण कार्यक्रमको उद्देश्य अनुसन्धान कौशल वृद्धि गर्ने र प्रभावकारी विद्वान कार्यका लागि विद्यार्थीलाई सुसज्जित गर्नु हो ।
आईआरसीका सदस्यसचिव डा. पुजनकुमार रोकायाले प्रख्यात अन्वेषकहरू र शिक्षाविद्हरूको नेतृत्वमा, प्रशिक्षणले अनुसन्धान डिजाइन, डेटा विश्लेषण, नैतिकता, र सञ्चारलाई समेट्ने बताए । उनले भने, ‘सहभागीले कार्यशाला र केस स्टडी मार्फत व्यावहारिक अन्तदृष्टि प्राप्त गर्नेछन् ।’