शरीरलाई स्वस्थ राख्नका लागि दैनिक आहारमा मौसमअनुसारका फलफुल समेटनुपर्छ । फलफुलमा शरीरका लागि आवश्यक पोषकतत्व, एन्टीअक्सिडेन्ट पाइन्छ । यसले कैयौं क्रोनिक रोगको जोखिक कम गर्छ । गुणकारी फलहरुमध्ये एक अनार पनि हो ।
अनारमा क्यालोरीको मात्रा कम हुन्छ । जुन शरीरको लागि धेरै लाभदायक मानिन्छ । अनार फाइबर, भिटामिन र खनिज भरपुर मात्रामा भएको फल पनि हो । जुन हाम्रो शरीरलाई निकै आवश्यक हुन्छ ।
१. पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट
अनारलाई एन्टीअक्सिडेन्ट भरपूर हुने फलका रुपमा चिनिन्छ । एन्टीअक्सिडेन्ट एउटा यस्तो यौगिक हो, जसले शरीरका कोषिकाहरुको फ्रि–रेडिकल्सले हुने नोक्सानबाट बचाउँछ । शरीरमा उच्च फ्री–रेडिकल्सको मात्राले धेरै प्रकारको क्रोनिक रोको कारण बन्न सक्छ । एक अध्ययनअनुसार अनारमा हुने एन्टीअक्सिडेन्ट र पोलिफेनोलिक यौगिकले क्यान्सरजस्तो विकसित हुने रोगको खतरा कम गर्छ ।
२. मुटु स्वास्थ्यका लागि फाइदाजनक
विशेषज्ञहरुकाअनुसार नियमित रुपमा अनारको सेवन मुटु स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । अनारमा भएको पोलिफेनोलिक यौगिकले मुटु स्वास्थ्यलाई राम्रो फाइदा दिन्छ । मुटु रोगीहरुमा गरिएको एक अनुसन्धानमा अनारको सेवनले मुटुको दुखाइमा कम भएको र मुटु स्वास्थ्यलाई नोक्सान गर्ने बायोमार्करको पनि कम भएको पाइएको छ ।
३. मस्तिष्क स्वास्थ्यका लागि फाइदाजनक
अनारमा एलेगिटेनिन नामक एन्टीअक्सिडेन्ट हुन्छ । जसले शरीर सुनिन कम गर्छ । शरीर सुनिदा मुटुसँगै मस्तिष्कमा पनि समस्या आउँछ । एलेगिटेनिन, अक्सीडेटिव स्ट्रेस कम गर्न र मस्तिष्कको कोषिकालाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्दछ । यसले अल्जाइमर र पार्किन्सन्स रोगबाट मस्तिष्कको रक्षा गर्छ ।
४. एनिमियाको जोखिम कम
अनारको सेवनले शरीरमा रगतको मात्रा बढाउन सकिन्छ । जुन व्यक्तिको शरीरमा रगतको कमी हुन्छ । उसले अनारको सेवन गर्नु निकै लाभदायक हुन्छ । अनारमा भिटामिन–के, भिटामिन–सी, फाइबर र प्रोटिनजस्ता पोषकतत्व पाइन्छ । यस्तो पोषणतत्वले एनिमिया जस्तो रोगको खतरा कम गर्छ ।
—एजेन्सीको सहयोगमा