खाद्य नली एक प्रकारको नली हो । जसले हामीले खाएको खानालाई घाँटीबाट पेटमा लैजान्छ । खाद्य नलीमा आउने ट्युमर लाई खाद्यनलीको क्यान्सर भनिन्छ । यो क्यान्सर प्राय ६०–७० वर्षको वृद्धवृद्धालाई बढी हुने गर्छ ।
यो रोग महिलाभन्दा पुरुषलाई धेरै हुने गर्छ । खाद्यनलीको क्यान्सर अन्न नलीको कुनै पनि भागमा हुन सक्छ । खाद्य नलीको क्यान्सर धुम्रापान र लामो समयसम्म धेरै रक्सी पिउनेजस्ता कारणले हुने गर्छ । केही खाद्य नलीको लक्षणहरुको चर्चा तल गरिएको छ ।
१. निल्न कठिनाइ
खाद्य नलीमा क्यान्सर हुँदा त्यहाँ ट्युमर पलाएको हुन्छ । जसका कारण खाना सजिलै निल्न सकिँदैन् । खाना निल्नमा कठिनाइ आउँछ ।
२. तौल घट्नु
क्यान्सर भएको अवस्थामा सजिलै शरीरको तौल घटिरहेको हुन्छ ।
३. छाती दुख्नु
छाती दुख्छ र नलीमा ट्युमर भएको कारण सजिलै श्वास फेर्न सकिँदैन्, श्वास फेर्न कठिनाइ हुन्छ ।
४. खोकी लाग्नु
खाद्य नलीमा क्यान्सर भएको व्यक्तिलाई खोकी लागिरहने हुन्छ ।
५. अपच वा पेट दुख्नु
खाएको खाना पचाउन सकिँदैन् । अपचको समस्या हुन्छ । साथै पेट पनि दुख्ने हुन्छ ।
६. थकान र कमजोरी
यस्ता व्यक्तिहरुले थकान र कम्जोरी भएको महसुस गर्छन । शरीरमा ऊर्जाको कमी भएको महसुस गर्छन् ।
—एजेन्सीको सहयोगमा