२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य विमामा काजमा रहेका ९१ जना स्वास्थ्यका कर्मचारीलाई १५ भदौंभित्र फिर्ता गरिने

स्वास्थ्य विमामा काजमा रहेका ९१ जना स्वास्थ्यका कर्मचारीलाई १५ भदौंभित्र फिर्ता गरिने


काठमाडौं—स्वास्थ्य विमा वोर्डले काजका रहेका स्वास्थ्यका कर्मचारीलाई आफ्नो दरबन्दी भएको ठाउँमा फिर्ता हुन निर्देशन दिएको छ । २४ साउनमा वोर्डले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार काजका स्वास्थ्यका कर्मचारीहरूलाई १५ भदौंभित्र दरबन्दी भएको ठाउँमा फिर्ता भइसक्न निर्देशन दिएको हो ।

स्वास्थ्य विमा वोर्डले केन्द्रमा रहेका र केही जिल्लाका स्वास्थ्यकर्मीलाई साउन महिनाभित्र दरबन्दी भएको ठाउँमा फर्किसक्न भनेको छ । काठमाडौं बाहिरका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई भने १५ भदौंसम्म फिर्ता भइसक्न निर्देशन दिएको छ ।

यस्तै, पाँचथर, सर्लाही, सप्तरी, दोलखा, लमजुङ, पर्वत, प्युठान, डोल्पा र डोटी जिल्लामा विमामा कर्मचारी काजका स्वास्थ्यकर्मी मात्रै भएका कारण उनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि त्यही रोकिएको छ । ती जिल्लाका लागि पनि विमा वोर्ड कर्मचारी पदपूर्तिको प्रक्रिया सुरु गरिसकेको स्वास्थ्य विमा वोर्डका प्रशासन उपसचिव बाबुराम खनालले जानकारी दिए ।

‘कर्मचारी पदपूर्ति प्रक्रियामा छ । त्यो प्रक्रिया पूरा भएपछि ती जिल्लाका काजका स्वास्थ्यकर्मीहरु पनि फिर्ता हुनेछन्,’ उनले भने ।

अहिले स्वास्थ्य विमा वोर्डअन्तर्गत ९१ जना स्वास्थ्यकर्मी काजमा काम गरिरहेका छन् । जसमध्ये ८—९ जनामात्रै आफ्नो दरबन्दीमा फिर्ता भएका छन् ।

विमा वोर्डले काजका कर्मचारी फिर्ता गर्न थालेपछि कतिपय ठाउँमा स्वास्थ्य विमाको काम ठप्प हुन पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ