२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यचार हजार कदमले कम हुन्छ मृत्युको खतरा

चार हजार कदमले कम हुन्छ मृत्युको खतरा


मानिसहरुमा बद्लिदो जीवनशैलीको कारण डाइबटिज र हृदयघातको खतरा धेरै बढिरहको छ । यही कारण हो चिकित्सकले स्वास्थ्य रहनको लागि सन्तुलित आहारको सेवन गर्न र व्यायम गर्ने सल्लाह दिन्छन् ।

यदि तपाईं व्यायम गर्नुहुन्न भने हिड्ने गर्नुहोस् । एक अनुसन्धानले पत्ता लगाएको छ कि दैनिक ३ हजार ९६७ कदम हिड्नाले व्यक्तिको जीवन स्वस्थ हुन्छ । उक्त अनुसन्धानअनुसार दैनिक २ हजार ३३७ कदम हिड्नाले काडियोभास्कुलर सम्बन्धि रोगको खतरा कम हुने पाइएको छ ।

जति धेरै हिड्न सकिन्छ, त्यति नै त्यति नै स्वास्थको लागि राम्रो हुने विश्वभरको जनसंख्या २ लाख २६ हजार ८८९ सम्बन्धित १७ अध्ययनको विश्लेषणमा पाइएको छ । यो अनुसन्धान युरोपियन जर्नल अफ प्रिभेटिभ कार्डियोलोजीमा प्रकाशित भएको छ ।

‘हरेक १ हजार अतिरिक्त कदमले मृत्युको खतरा १५ प्रतिशत कम हुन्छ । त्यस्तै ५०० अतिरिक्त कदमले मृत्युको खतरा ७ प्रतिशतसम्म कम हुन्छ,’ उनले भने । पोल्याण्डको मेडिकल विश्वविद्यालयको कार्डियोलोजीको प्रोफेसर मेकियज बनाजले भनेका छन्, ‘अहिलेसम्म कति हिड्नुपर्छ भन्ने सिमा भेटिएको छैन् ।’

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ