२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशआँखा पाख्ने रोग देखिएपछि वीरेन्द्रनगरका अंधिकास निजी विद्यालय बन्द

आँखा पाख्ने रोग देखिएपछि वीरेन्द्रनगरका अंधिकास निजी विद्यालय बन्द


वीरेन्द्रनगर—सुर्खेतको वीरेन्द्रनगरमा आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टीभाइटीस’ फैलिएपछि वीरेन्द्रनगरमा सञ्चालित अधिकांश निजी विद्यालयहरु बन्द गरिएका छन् । विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने रोग फैलिएका कारण प्याब्सनले महामारीका रुपमा विश्लेषण गरेर आइतबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

विद्यालयमा शिक्षक एवं विद्यार्थीहरु आँखा पाक्ने रोगबाट ग्रसित हुन थालेका कारणले विद्यालय बन्द गरिएको एडभान्स वेटर बोर्डिङ स्कुलका सञ्चालन जीवनबहादुर शाहीले बताए । ‘सबैभन्दा ठूलो कुरा विद्यार्थी र शिक्षकको स्वास्थ्य हो,’ उनले भने, ‘आँखा पाक्ने रोग देखिएका कारणले आइतबारसम्मका विद्यालय बन्द गरिएको छ ।’

नगरपालिकाले विदा नदिएका कारण आफूहरुले बिदा दिनु परेको प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीले पनि बताए ।

‘खासमा नगर शिक्षा समितिले यो महामारी विरुद्ध यस्तो निर्णय लिनुपथ्र्यो,’ उनले भने, ‘नगरले निर्णय नगरेपनि हामीले विद्यार्थी र शिक्षकको स्वास्थ्य अवस्था हेरेर विदा दिने निर्णय गरेका हौं ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ