२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यमिर्गौला बिग्रने खतराबाट बच्ने ६ तरिका

मिर्गौला बिग्रने खतराबाट बच्ने ६ तरिका


वर्षाको समय सुरु भइसकेको छ । लगातार वर्षाले समस्या निम्त्याउन सक्छ । यस्तो मौसममा भाइरल रोगको खतरा धेरै हुन्छ । यस्तोमा गम्भीर रोगहरु लागेर मिर्गौला बिग्रन सक्छ ।

गर्मीको समयमा वर्षाले धेरै राहात दिन्छ । तर, यो मौसममा धेरै मानिसहरु बिरामी हुन पनि हुन्छन् । वर्षातको मौसममा मिर्गौलासँग सम्बन्धित समस्याहरु पनि धेरै हुन सक्छ । वर्षातको मौसममा धेरै चाँडो रोग लाग्न सक्छ ।

मनसुनमा लेप्टोस्पाइरोसिस्, डेंगी, टाइफाइड, तीव्र ग्यास्ट्रोइन्टेराइटीस, हेपटाइर्टीटस ए र ई हुने खतरा धेरै हुन्छ । यस्ता रोगले मिर्गौलालाई धेरै असर गर्छ । त्यसैले मनसुनमा धेरै ख्याल गर्नुपर्छ । मिर्गौला स्वस्थ राख्न केही कुराहरुमा विशेष ध्यान दिनुपर्छ ।

१. वरीपरी सफा राख्नुहोस्
वर्षातको समयमा आफ्नो वरपर सफा राख्नुहोस् । जसले ब्याक्टोरिया आउन नसकोस् । तताएको पानी पिउनुहोस््
वर्षातको समयमा पानीमा धमिलो मिसिन सक्छ । यो समयमा पानी उमालेर खानुपर्छ ।

२. हात धुनुहोस्, बाहिरको खाना नखानुहोस्
हातलाई बारम्बार साबुन पानीले धुनुहोस् । बाहिरको खाना नखानुहोस् ।

३. हाइड्रेड रहनुहोस्
वर्षातको समयमा किड्नीलाई इन्फेक्सनबाट बचाउन हाइडे«ड रहनुहोस् । दिनमा कम्तिमा पनि ६ गिलास पानी पिउनुहोस् । यस्तोमा फल वा सलाद आदिको सेवन राम्रो हुन्छ ।

४. जमेको पानीमा स्वीमिङ नखेल्नुहोस्
बाहिर घुम्न निस्किँदा धेरै मान्छेहरु स्वीमिङ गर्न रुचाउँछन् । तर, ख्याल गर्नुहोस् । स्वीमिङ गर्दा जमेको पानीमा नगर्नुहोस् ।

५. घरमा पानी जम्मा हुन नदिनुहोस्
वर्षाको समयमा घर वरीपरी पानी जम्छ भने त्यसलाई जाने व्यवस्था मिलाउनुहोस् । यस्तो पानीमा लामखुट्टेहरु जम्मा हुन सक्छन् । जसले मलेरिया वा डेंगीजस्तो रोग लाग्न सक्छ ।

६. राम्रोसँग पाकेको खाना खानुहोस्
खना राम्रोसँग पकाएर खानुपर्छ । नपाकेको खानाले संक्रमण हुन सक्छ । यसले तपाईं धेरै चाँडो बिरामी हुन सक्नु हुन्छ । किड्नी स्वास्थ्यको लागि यो राम्रो होइन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ