२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यआन्द्रा स्वस्थ नहुँदा देखिन्छन् यस्ता ६ लक्षण

आन्द्रा स्वस्थ नहुँदा देखिन्छन् यस्ता ६ लक्षण


तनावको स्तर, कम निन्द्रा, प्रशोधित खानेकुरा र एन्टिबायोटिक सेवनले पेटको माइक्रोबायोमलाई हानी पु¥याउँछ । यसले हाम्रो आन्द्रा स्वास्थ्य र शरीरका अन्य पक्षहरु जस्तैः मस्तिष्क, मुटु र पोषक तत्व अवशोषित क्षमतालाई कमजोर बनाउँछ । आन्द्रा स्वस्थ नभएको केही संकेतहरु समेत देखिन्छन् ।

१. ग्यास्ट्रिक समस्या
पेटको स्वास्थ्य राम्रो नभएको पेट सुनिने, ग्यास र एसिडिटीजस्तो सामान्य समस्या बाट थाहा पउन सकिन्छ । यस्तोमा तुरुन्त उपचार गर्न जरुरी हुन्छ ।

२. अटोइम्युन डिजिज
खराब खानपान र पेट सुनिदा आन्द्रामा चुहावट हुन सक्छ । अटो इम्युन बिरामीहरु टाइप–१ डाइबबिटिज, ¥युमेट्रोइड गठिया र सोरायसिस जस्तो अन्य रोगको खतरा हुन सक्छ ।

३. धेरै गुलियो खानु
यदि तपाई चिनी वा गुलियो धेरै खानुहुन्छ वा खान मन लाग्छ । यसलाई छोड्न सक्नुहुन्न भने यसको मत्लब तपाईंको आन्द्रा स्वस्थ छैन । यसले चिन्तित बनाउन सक्छ ।

४. तौल कम गर्न नसक्नु
तौल घट्नु वा बढ्नु ब्याक्टेरियाको अत्याधिक वृद्धि र पोषण तत्वको कमी हुन सक्छ । जब तपाईंको आन्द्रा असन्तुलन हुन्छ, तब तपाईंको शरीरको पोषक तत्व अवसोषित गर्न, फ्याट जम्मा गर्न र ब्लड सुगर नियन्त्रण गर्न धेरै मेहनत गर्नुपर्छ ।

५. थकान महसुस गर्नु
लामो समयसम्म थकाइ महसुस गर्ने व्यक्तिको अन्द्राको स्वस्थ खराब हुन पनि सक्छ । एक अध्ययनमा थकानबाट पीडित लगभग आधा मानिसमा आइबीएसको समस्या भएको देखिएको छ ।

६. कमजोर इम्युनिटी सिस्टम
शरीरमा लगभग ७० प्रतिशत प्रतिरक्षा कोषिकाहरु आन्द्रमा रहन्छन् । स्वस्थ इम्युनिटी सिस्टमको लागि पेटको स्वास्थ्यलाई ध्यान दिन जरुरी छ । इम्युनिटी कमजोर छ भने अरु रोगहरु चाँडै लाग्ने, रोग छिटो निको नहुने हुन्छ । इम्युनिटी बलियो हुँदा यसले संक्रमणको खतरा कम गर्छ र बाँकी रोगसँग पनि लड्छ ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ