२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशविकट हिमालाई एम्बुलेन्स, भारतीय दूतावासले बाँड्यो ३४ एम्बुलेन्स

विकट हिमालाई एम्बुलेन्स, भारतीय दूतावासले बाँड्यो ३४ एम्बुलेन्स


जुम्ला—भारतीय दुतावासको सहयोगमा जुम्लाको हिमा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको हो ।

एक कार्यक्रमकाबीच एम्बुलेन्सको चावी गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीलाई हस्तान्तरण गरिएको छ । भारतीय दूतावासबाट एम्बुलेन्स प्राप्त भएको अध्यक्ष शाहीले बताए ।

‘पालिकामा स्रोत सिमित छ, आवश्यकता असिमित छन्,’ उनले भने, ‘पालिकाको लगानीमा एम्बुलेन्स किन्दा अन्य विकास निर्माणका काम प्रभावित हुने भएकोले भारतीय दूतावाससँग एम्बुलेन्स सहयोगका लागि पहल गरिएको थियो ।’

भौगोलिक विकटता भएको हिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि टाढा छ । हिमावासी बिरामी भएको खण्डमा अस्पतालसम्म लैजानका लागि एम्बुलेन्सको पहल गरिएको थियो । ‘एम्बुलेन्स सेवाले राहत मिल्ने अपेक्षा गरिएको छ,’ उनले भने ।

यसवर्ष भारतीय राजदूतावासद्वारा ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस हस्तान्तरण भएको छ । नेपालका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको हो ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । त्यसयता भारतले अहिलेसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहारस्वरूप उपलब्ध गराइसकेको तथ्यांक रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ