काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनपछि स्थानीय तहहरुको दोहोरो सहमतिका आधारमा कामकाज गरिरहेका दरबन्दीभन्दा बढीका कर्मचारीलाई तत स्थानीय तहमा १ साउनबाट काज फिर्ता गर्न निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक निर्देशन जारी गर्दै अनिवार्य काज फिर्ता गरेर मन्त्रालयलाई जानकारी दिन भनेको छ ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको खटनपटन सम्बन्धमा प्रदेश, स्वास्थ्य मन्त्रालय मातहतका निकाय र स्थानीय तहहरुलाई ७ बुँदे निर्देशन जारी यस्तो निर्देशन दिएको हो ।
यस्तै, प्रदेश र स्थानीय तहमा समायोजन भई रमाना नलिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ७ दिनभित्र रमाना लिन, प्रदेश र स्थानीय तहमा समायोजन भई संघका विभिन्न निकायमा कामकाजमा रहेका चिकित्सक/स्वास्थ्यकर्मीलाई समायोजन भएको तहमा ७ दिनभित्र काज फिर्ता गरेर जानकारी दिन निर्देशन दिइएको छ ।
स्वास्थ्य मन्त्रालयले मेडिकल वोर्डको सिफारिसमा संघमा पुल दरबन्दीमा समायोजन भई संघ, प्रदेश र स्थानीय तहमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुलाई १ महिनाभित्र स्वास्थ्य परीक्षण गराएर स्वास्थ्य अवस्था अद्यावधि गराउने र उपयुक्त निकायमा कामकाजमा खटाउन निर्देशन दिएको छ ।
के छ ७ बुँदे निर्देशनमा ?