२०८१ मंसीर १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसर्पदशंबाट भेरी अस्पतालमा एकै दिनमा २ जनाको मृत्यु

सर्पदशंबाट भेरी अस्पतालमा एकै दिनमा २ जनाको मृत्यु


नेपालगन्ज—सर्पले टोकेपछि उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा पुगेका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर ९ का १७ वर्षीय प्रितम थारु र बाँकेको कोहलपुर ९ की ४ वर्षीया अस्मिता परियार रहेका छन् ।

शनिबार सर्पको टोकाइबाट दुवै जनाको मृत्यु भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

बर्दिया राजापुरका थारुलाई असार २० गते राती ९ बजेतिर नजिकैको खेतमा गएका बेला बाघे सर्प (रसेल्स भाइपर) ले टोकेको थियो । रसेल्स भाइपर सर्पको टोकेको आधादेखि एक घण्टामै विष शरीरमा फैलन्छ ।

सर्पले टोकेको करिब १२ घण्टापछि प्रितम सिकिस्त अवस्थामा भेरी अस्पतालमा पुगेका थिए । शरीरमा विष फैलिए कारण उनका दुवै मिर्गौलाले काम गर्न छाडेका थिए । मिर्गौलाले काम गर्न छाडेपछि चिकित्सकहरुले आईसीयु वार्डमा भर्ना गरेर दैनिक डाइलासिस गर्दै आएका थिए ।

थारुको उपचार गर्ने क्रममा शनिबार दिउसो १ बजे मृत्यु भएको हो । रसेल्स भाइपर सर्पले खेतवारी, मेलापातमा काम गर्ने मान्छेलाई टोक्ने जोखिम धेरै हुन्छ ।

त्यसैगरी बाँकेको कोहलपुर ९ की ४ वर्षीया अनुष्का परियारलाई आमासँगै सुतेको अवस्थामा शनिबार बिहान करिब ३ बजेतिर करेत सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाए लगत्तै उनका अभिभावकहरुले शनिबार करिब साढे ४ बजेतिर भेरी अस्पतालमा पु¥याएका थिए । अस्पतालमा उपचार कै क्रममा अनुष्काको मृत्यु भएको हो ।

वर्षात सुरु भएसँगै सर्पले टोकेर उपचारका लागि अस्पतालमा पुग्ने बिरामीको संख्या बढ्दै गएको छ । सर्पले टोेकेका बिरामी दैनिक १० जनासम्म उपचारका लागि नेपालगन्जको भेरीमा आउने गरेका छन् । ती १० जनामध्ये करिब २ जना विषालु सर्पले टोकेका बिरामी छन् ।पछिल्ला दिनहरुमा अस्पतालकोे इमर्जेन्सी र आईसीयु वार्ड सर्पले टोकेका बिरामीहरुले भरिन थालेको छन् ।

सर्पले टोकेका बिरामीलाई जति सक्यो छिटो उपचारका लागि अस्पतालमा पु¥याउनुपर्छ । घरदेखि अस्पतालसम्म पुराउन ढिलो हुँदा बिरामीहरु बाटैमा सिकिस्त हुन्छन् । अस्पतालमा पु¥याउने क्रममा बाटैमा केही बिरामीहरुको मृत्यु हुने गरेको भेरी अस्पताल नेपालगन्जका सर्पदंश रोग बिशेषज्ञ डा. कृष्णप्रसाद आचार्यले बताए ।

सर्पले टोबाइबाट बच्न झुल लगाएर खाटमा सुत्न, रातीमा घर बाहिर निस्कदा टर्च बालेर सजग भएर निस्कन र ढुंगा, दाउरा र झाडी भएको क्षेत्रमा काम गर्दा होशियार भएर काम गर्नु पर्ने विज्ञहरुले सुझाव दिदैं आएका छन् । सर्पदंशको जोखिम भएका क्षेत्रका वासिन्दाहरुलाई स्वास्थ्य बिमा गराउन चिकित्सकहरुको सुझाव छ ।

विज्ञहरुको टोलीले सन् २०२२ मा गरेको अध्ययनअनुसार नेपालमा हरेक वर्ष ४० हजार सर्पदंशमा पर्ने गरेका छन् । तीमध्ये करिब ३ हजारको मृत्यु हुने अध्ययनबाट देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ