२०८१ मंसीर ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यस्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ?

स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ?


स्तनमा रहेका कोषहरुबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ । शरीरका अरु भागमा पनि फैलन सक्छ । यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलाहरुमा हुन सक्छ, महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाइएको छ ।

यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ । यो क्यान्सर महिलामा बढी देखिने भएपनि पुरुषमा पनि हुनसक्छ । ४० वर्षभन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जाँच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं ।

यो क्यान्सरलाई समयमै पत्ता लगाउन सक्यौ भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं । यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै बंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ । यो क्यान्सर छिटो पत्ता लगाउन सक्यो भने बाच्ने सम्भावना ९८ प्रतिशत सम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशततिर झरेर जान्छ ।

नेपालमा स्तन क्यान्सर

  •  ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ ।
  • ६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाइन्छ ।
  • करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसीका ग्रन्थीलाई निकालेर फालिन्छ ।
  • प्यालिएटीभ हेरचाह गर्ने संस्था र प्रबिधि कम छ ।
  • ४०—४९ वर्षको उमेर समुहमा यो बढी देखिएको छ ।
  • फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ ।
  • प्रति वर्ष करिब २०० जना स्तन क्यान्सरको पहिचान हुने गर्छ । यो प्रत्येक वर्ष ५ प्रतिशतले बढी रहेको छ । तर, समुदायमा कैयौं बिरामीहरु पहिचान नभई बसेका छन् ।

स्तन क्यान्सरको लक्षण र चिन्हहरु के—के हुन सक्छन् ?

  •  स्तन वा काखीमा दुखाइ दीर्घ रुपमा भइरहेमा
  • स्तनको छालामा परिवर्तन देखिएमा
  • स्तनको आकार र बनावटमा परिवर्तन आएमा
  • स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा
  • स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा
  • स्तनमा गाँठो अनुभव भएमा
  • स्तनको मुन्टो वरिपरीको छाला रातो देखिएमा
  • काखीमा वा घाँटीको छेउछाउ लासिका ग्रन्थी बढेमा

स्तन क्यान्सरको जोखिम कसलाई बढी छ?

  •  ढिलो सन्तान जन्माउनेहरु
  • कम उमेरमै महिनावारी सुरु हुने (१२ वर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ वर्षपछि)
  •  पहिले सन्तान ढिलो जन्माउने (३० वर्षपछि)
  • स्तनपान कम गराउने
  • बढी चिल्लो बोसोयुक्त खाना खाने
  • चुरोट र अत्याधिक रक्सीको सेवन गर्ने
  • विकिरणको नजिक रहने

स्तन क्यान्सर सुरुमै पहिचान कसरी गर्ने?

  • स्वयम् स्तन जाँच विधि
  • क्लिनिकल जाँच विधि
  • म्यामोग्राफी जाँच
  • हाई रेजोलुशन भिडियो एक्स रे
  • अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स रे
  • एमआरआई

स्तन क्यान्सरको उपचार कस्तो छ?

  • नेपालमा प्राय सबै उपचार बिधि सुरु भइसकेका छन् । तर, महंगीका कारण धेरै नेपालीको पहुँचबाट बाहिर छ ।
  • सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोने थेरापी आदि प्रचलित उपचार विधिहरु हुन् ।
  • स्तन पूर्णनिर्माण सर्जरी गर्ने चलन धेरै कम छ ।

स्तन क्यान्सरमा के के चुनौतीहरु छन् ?

  • नेपालमा स्तन क्यान्सरको अनिवार्य स्क्रिनिङ कार्यक्रम नहुनु
  • स्तन क्यान्सरको उपचार महँगो हुनु
  • जनचेतनाको कमी हुनु

स्तन क्यान्सर रोकथामको लागि के गर्ने ?

  •  स्वास्थ्य चेतानामूलक कार्यक्रम
  •  स्तन क्यान्सर स्क्रीनिङ कार्यक्रम (विश्व स्वास्थ संगठनअनुसार)
    -२०—३९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक ३ वर्षमा स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि
    -४०—४९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि, ४० वर्षमा म्यामोग्राफी जाँच
    र त्यसपछि प्रत्येक २—२ वर्षमा म्यामोग्राफी जाँच
    -५० वर्ष र माथिको उमेरः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि र प्रत्येक वर्ष म्यामोग्राफी जाँच

त्यसो भए समयमै स्तन क्यान्सरको पत्ता लगाउन के गर्ने?

  •  सबैले स्तन क्यान्सरबारे चेतना बढाउने काम सुरु गरौ ।
  •  सबैले आफ्नो स्तन आफै जाँच्ने विधि सुरु गरौं ।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ