काठमाडौं— सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक प्रा.लि. छोटो समयमै नमुना परीक्षणका लागि कहलिदैं गएको प्रयोगशाला हो । अत्याधुनिक प्रविधी, अनुभवी जनशक्तिबाट गुणस्तरीय डाइग्नोष्टिक सेवा दिदैं आएको किष्टलले आफ्नो परीक्षण दायरालाई पनि बढाउँदैं लगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्ट श्रेणी ‘ए’ वर्गको मान्यता प्राप्त किष्टल डाइग्नोष्टिकले स्पेशलाइज्याड नमुना परीक्षणलाई जोड दिएको क्रिष्टलका प्रबन्ध निर्देशक रवीन्द्र केसीले जानकारी दिए ।
‘हामीले स्पेशलाइज्यड परीक्षण सेवा नेपालमै उपलब्ध गराएर बिरामी र चिकित्सकलाई सहज बनाउन खोजिरहेका छौं,’ केसी भन्छन्, ‘यसले बिरामी समयमै उपचार गर्न र चिकित्सकलाई सहज रुपमा परीक्षण रिपोर्ट पाएर तत्कालै उपचार गर्न सहज हुने विश्वास लिएका छौं ।’ उनी गुणस्तरीयतामा आफूहरुले कम्प्रोमाइज नगर्ने बताउँदैं विदेश जाने टेष्टहरु आफूहरुले नेपालमै गर्ने गरी काम गरिरहेको बताउँछन् ।
क्रिष्टल डाइग्नोष्टिकमा बायोकेमेष्ट्री, हेमाटोलोजी, माइक्रोबायोलोजी, इम्युनोलोजी, भाइरोलोजी, फ्लोसाइट्रोमेट्री हिस्ट्रोप्याथोलोजी, इम्युनो—हिस्ट्रोकेमेष्ट्री, इम्युनोफ्लोरेन्सका परीक्षण सेवाहरु उपलब्ध छन् । ल्याबकी वरिष्ठ प्याथालोजोजिष्ट डा. सविना श्रेष्ठ किष्टलले हेमाटोलोजी, बायोकेष्ट्री, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, साइटोलोजी मुख्य शाखाहरुमार्फत सेवा उपलब्ध गराइरहेको बताइन् । ‘हेमाटोलोजी, बायोकेष्ट्री, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, साइटोलोजी हाम्रो ल्याबमा मुख्य शाखाहरु हुन्,’ उनले भनिन्, ‘हिस्टोप्थोलोजी, साइटोलोजीमा वायोस्पीसँग सम्बन्धित जाँचहरु गरिन्छ । साइटोलोजीअन्तर्गत प्याप स्मेयर (पाठेघरको मुखको पानीको जाँच) गर्नेलगायतका परीक्षणहरु हुन्छन् ।’
डा. श्रेष्ठकाअनुसार फ्लूइड साइटोलोजीमा छाती र पेटबाट पानी निकालेर त्यसमा कुन प्रकारको रोग छ ? कुन प्रकारको क्यान्सर छ भनेर हेर्ने जाँचहरु पनि क्रिष्टलमा उपलब्ध छन् । त्यसबाहेक किष्टलले एनिमिया, ल्यूकेमियाजस्ता रोगहरुको डाइग्नोसिसमा गरिने ‘पेरिफेरल ब्लड स्मेयर’ पनि गर्दै आएको छ ।
ल्याबका अर्का प्याथोलोजिष्ट डा. समिर मुडभरी पनि किष्टल डाइग्नोनिष्टको मुख्य विशेषता भनेकै विश्वसनीय रिपोर्ट भएको बताउँछन् । ‘किष्टल एक ग्रेडको ल्याब हो, एक ग्रेडको ल्याबमा हुने सबै परीक्षणहरु किष्टलमा हुन्छन्,’ डा. मुडभरी भन्छन्, ‘हाम्रो ल्याबको मुख्य विशेषता भनेकै विश्वसनीय र गुणस्तरीय ल्याब रिपोर्ट हो ।’
किष्टलका मेडिकल हेमाटोलोजिष्ट श्रवणकुमार यादव हेमाटोलोजीअन्तर्गत कम्प्लीट ब्लड काउण्ट, पेरिफेरल स्मेयर, पिटी, एपिटीटी, ल्युकेमिया डिटेक्सन, बोनम्यारो एक्जामिनेशनलगायतका परीक्षणहरु आफूहरुले गर्ने बताउँछन् ।
ल्याब इन्चार्ज एवं मेडिकल माइक्रोबायोलोजिष्ट विष्णु ज्ञवालीकाअनुसार मोलीक्युलर डाइग्नोष्टिकतर्फ पिसिआरलगायतका प्रविधीमा आधारित परीक्षणहरु जसमा डिएनए, आरएनए, प्रोटिनमा आधारित संक्रामक रोगको पिसिआर प्रविधीबाट परीक्षण हुन्छ । ‘पिसिआर प्रविधीबाट हेपाटाइटिस बी, सी, एचआईभी, टिबी आदिको परीक्षण हुन्छ । हाडजोर्नी सम्बन्धि एचएलएबी२७ ह्युमन ल्युकोसाइट एन्टीजेनलगायतका परीक्षणहरु हुने गर्छन्,’ उनी भन्छन् ।
गुणस्तरलाई उच्च महत्व दिएको किष्टलले इन्डोस्कोपी, कोलोनोस्पकोपी, अल्ट्रासाउण्ड, टिएमटी, पिएफटी, डिजिटल एक्स—रे, इसिजी, इको, युरोफ्लोमेट्रीलगायतका सेवाहरु पनि दिइरहेको छ । ‘होम केयर, अनलाइन कन्सल्टेसन, घरमै नमुना संकलन, फार्मेसीलगायतका सेवाहरु पनि हामीले उपलब्ध गराइरहेका छौं,’ प्रबन्ध निर्देशक केसीले भने, ‘हामीले स्वास्थ्य परीक्षण र उपचार सम्बन्धि सेवाहरु दिइरहेका छौं ।’