२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको आज पुनः डायलाइसिस हुँदै

प्रधानमन्त्री ओलीको आज पुनः डायलाइसिस हुँदै


काठमाडौं–स्वास्थ्यमा समस्या आएपछि बुधबार धापासीको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पुनः डायलाइसिस हुँदैछ । ओलीको दोस्रो पटक आज बिहीबार डायलाईसिस गरिन लागेको नेकपाका नेता भिम रावलले जानाकारी दिए ।

उनको अवस्था हेरी आज साँझ डिस्चार्ज गरिने नेता रावलले जानाकारी दिए । ओलीलाई भेट्न रावल अस्पताल पुगेका थिए ।

प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्य भन्दा निकै नै माथि छ र डायलाइसिस पछि पनि त्यो कम भएको छैन ।

अकस्मात बिरामी भएपछि प्रधानमन्त्री ओलीलाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ