२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्थानीय तहलाई पत्र लेख्दैं कान्तिपुर भेटले भन्यो, ‘लम्पी स्कीन डिजिज विरुद्धको भ्याक्सिन छ’

स्थानीय तहलाई पत्र लेख्दैं कान्तिपुर भेटले भन्यो, ‘लम्पी स्कीन डिजिज विरुद्धको भ्याक्सिन छ’


काठमाडौं—कान्तिपुर भेट डिष्टिब्युटर्स प्रा.लि.ले स्थानीय तहका प्रमुखहरुलाई पत्र लेख्दैं लम्पी स्कीन डिजिज (एलएसडी) विरुद्धको भ्याक्सिन आफूहरुसँग रहेको जनाएको छ । देशका विभिन्न ठाउँमा लम्पी स्कीनका कारण किसानहरुले किसानहरुले गाई, भैसी मरेर लाखौं क्षति ब्यवहोरिरहेका बेला कान्तिपुरले लम्पी स्कीन विरुद्धको भ्याक्सिन रहेको जानकारी स्थानीय तहहरुलाई गराएको हो ।

उसले आफूले दुई दशकदेखि पशुपंक्षीमा लाग्ने गुणस्तरीय भ्याक्सिन तथा पशु औषधिहरु उपलब्ध गराउँदैं आएको बताउँदैं अहिले मुलुकभर फैलिइरहेको लम्पी स्कीन विरुद्धको भ्याक्सिन आफूहरुसँग रहेको जानकारी गराएको हो ।

लम्पी स्कीन भाइरल रोग भएकाले भ्याक्सिन लगाउनेबाहेक यसको अर्को उपचार छैन । ‘ज्वरोका लागि पारासिटामोल र घाउ पाकेको अवस्थामा एन्टिबायोटिक्सको सुई लगाउने गरिएको छ । लम्पी गाई, भैंसीको सरुवा रोग हो तर मान्छेमा सर्दैन । रोग नलागेको क्षेत्रमा भ्याक्सिन लगाउन सकिन्छ,’ कान्तिपुर भेटले भनेको छ, ‘लम्पी रोग लागिसकेपछि खासै उपचार नभएको र रोकथामका लागि भ्याक्सिन नै एकमात्र उपाय रहेको सन्दर्भमा हाम्रो कम्पनीले आयात गरेको स्ट्रेनको भ्याक्सिन यहाँका गाई, भैंसीलाई रोग गराउने भाइरसविरुद्ध प्रभावकारी रहेको छ ।’

छिमेकी मुलुक भारतले पनि यही स्ट्रेनको भ्याक्सिन लगाउँदा रोग नियन्त्रणमा आएको कान्तिपुरले जनाएको छ ।

कान्तिपुरले स्थानीय तहका मातहतका कृषि तथा पशुपंक्षी शाखाका कर्मचारीलाई भ्याक्सिनका बारेमा जानकारी दिएर क्षति रोकथामका लागि सहयोग पु¥याउन समेत आग्रह गरेको छ ।

संघीय पशु सेवा विभागका अनुसार भाइरसले गराउने लम्पी स्किन डिजिजबाट हालसम्म ४ लाखभन्दा बढी गाई, भैंसी संक्रमित भइसकेका छन् । १० हजारको हाराहारीमा गार्इ भैंसी मरेका कारण किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ