२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालालले भन्यो, ‘राष्ट्रपति अब्जरबेसनमा हुनुहुन्छ, भोलिसम्म डिस्चार्ज गर्छौ’

गंगालालले भन्यो, ‘राष्ट्रपति अब्जरबेसनमा हुनुहुन्छ, भोलिसम्म डिस्चार्ज गर्छौ’


काठमाडौं—शहीद गंगालाल हृदय रोग केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलको अब्जरबेसनमा रहेको जनाएको छ । सोमबार अबेर अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक विज्ञप्ती जारी गर्दै पौडेल २४ घण्टे अब्जरबेसनमा रहेको जानकारी दिएका हुन् ।

उनले राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पतालमा आएको समेत उल्लेख गरेका छन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएको र उहाँलाई चिकित्सकको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकनमा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँदछौं,’ अधिकारीले विज्ञप्तिमा भनेका छन् ।

मंगलबार राष्ट्रपति पौडेललाई मुटुमा समस्या देखिएपछि गंगालाल लगिएको हो । अस्पताल स्रोतकाअनुसार मंगलबार थप जाँच गर्दा मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) देखिएपछि उनको एनजीओ गरेर रक्तनली खोलिएको हो । अहिले उनको गंगालालमा स्वास्थ्य लाभ गराइरहेका छन् ।

यसअघि शनिबार पनि उनलाई गंगालाल लगिएको थियो । तर, राष्ट्रपतिको स्वास्थ्य समस्याका विषयमा निजी सचिवालय र अस्पतालले विस्तृत विवरण अझैसम्म पनि उपलब्ध गराएका छैनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ