२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति

न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिसका लागि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सदस्सीय छनोट समिति बनाएका छन् । सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा ३ सदस्सीय समिति बनाइएको हो ।

‘न्याम्सको भिसी सिफारिसका लागि कुलपतिज्यूले सहकुलपतिको संयोजकत्वमा तीन सदस्सीय समिति बनाउनुभएको छ,’ स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भने ।

समितिमा योजनाका आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी विच्छा र स्वास्थ्य सचिव डा. पोखरेल सदस्य रहेका छन् । ३० फागुनमा तत्कालीन उपकुलपति प्रा.डा. डिएन साहको कार्यकाल सकिएपछि न्याम्सको उपकुलपति पद रिक्त रहेको छ ।

गठबन्धन सरकारले लामो समयसम्म न्याम्सको पदाधिकारी नियुक्त गर्न सकेको छैन । सर्च कमिटी बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपतिका लागि आवेदन आव्हान गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ