२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


वीरेन्द्रनगर—दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोलीले दैलेखको आठबीस नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

दैलेख क्षेत्र नं. २ बाट निर्वाचित सांसद दिक्पालकुमार शाही र आठबीस नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा १ हजार ३ सय २२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए ।

‘शिविरमा १८९ जनाको मुटुको जाँच इसीजी, २१७ जनाको रक्त परीक्षण र ३१० जनाको भिडियो एक्स–रे गरिएको छ,’ उनले भने, ‘दाँतमा समस्या भएका २९ जनाको दाँत फुकालिएको छ । शिविरमा उपचार सम्भव नभएका ५४ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको छ ।’

केएमसीका सञ्चालक मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले पहलमा शिविर सम्पन्न भएको हो । सांसद शर्माका अनुसार सो टोलीले बिहीबार दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा पनि शिविर सञ्चालन गरेर बिरामीहरुको निःशुल्क उपचार गर्नेछ ।

कांग्रेस नेतासमेत रहेको सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराउँदै आएका छन् । रेफर भएका बिरामीलाई केएमसीमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था सांसद शर्माले बिरामीलाई केएमसीमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाइदिएका छन् ।

बिरामीलाई अस्पतालसम्म लैजाने व्यवस्था भने आठबीस नगरपालिकाले मिलाउनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ