२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा बजेट घटाइएकोप्रति एमालेको असन्तुष्टि

स्वास्थ्यमा बजेट घटाइएकोप्रति एमालेको असन्तुष्टि


काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विनियोजन गरेको बजेटप्रति नेकपा एमालेले असन्तुष्टि जनाएको छ । बिहीबार एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले स्वास्थ्यमा सरकारले छुट्याएको बजेट घटाइएको प्रति असन्तुष्टि जनाएका हुन् ।

एमाले स्वास्थ्य विभागले २० वटा बुँदामा आफ्नो असन्तुष्टि सार्वजनिक गरेको हो । उसले विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुकको बजेटको न्यूनतम १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने मान्यता अगाडि सारेको उल्लेख गर्दै आर्थिक वर्ष २०८०÷०८१ को बजेटले त्यो मान्यतालाई आत्मसात गर्न नसकेको जनाएको छ ।

‘आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड १८ लाख छुट्याइएको छ जुन संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट रकम हो,’ एमाले सचिवसमेत रहेका भट्टराईको हस्ताक्षर रहेको विज्ञप्तिमा छ, ‘यो विनियोजन चालू वर्षभन्दा करिब १९ अर्बले कमी हो ।’ उसले एमालेको सरकारले प्रस्तुत गरेको बजेटमा ८.६ प्रतिशतसम्म (आ.व.२०७८/७९) पुगेको बजेटलाई क्रमसः बढाउनुपर्नेमा घटाएर हाल ४.८ प्रतिशतमा सीमित गरेको जनाएको छ ।

हेर्नोस् एमाले स्वास्थ्य विभागको १७ बुँदे असन्तुष्टि


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ